नेपाली केटीले धानेको विदेशी यौन बजार

  • बिनु पोखरेल

पटायाबाट बैंककका लागि माइक्रोबसमा चढेको केहीबेरपछि पातलो निद्राले आँखालाई झ्याप्प छोप्दै थियो । गाडीभित्र चलेको मसिनो खल्बलीकै बीच–बीचमा हाँसोको पर्रा छुट्थ्यो । निदाउनै लागेका बेला यस्तै हाँसोले ब्यूँझायो मलाई । माइक्रोमा पटाया घुमेर फर्केको हाम्रो टोलीसँगै अन्य देशका पनि पर्यटक थिए । बेलाबेला बिथोलिँदै निदाउँदै गर्दा मेरो निद्रा बिथोल्ने साथीहरुको संवाद सुरु भयो । एउटीले भनी, ‘ओई हिजो हामीले के देखेनौं ? बाफ रे ।’

अर्की हिजो राति देखेको दृश्यको वर्णन गर्दै थिई, ‘त्यसले त आफ्नो ‘भित्रबाट ब्लेडको माला नै खुरुरु निकाली यार ।’ यति भनेपछि ठूलो हुरीले हल्लाएको रुखजसरी नुहिँदै हाँसे उनीहरु । उसले दृश्यको अझ वर्णन गरी, ‘त्यसले गुप्ताङ्गबाट वियरको बिर्काे खोल्दा त केटाहरु आम्मामा झुम्मिएका ! त्यो वियर पिउन केटाहरुको खोसामारी !’ यस्तो दृश्य वर्णन गरेपछि उ झन कोक्किई कोक्किई हाँस्न थाली । पसलदेखि कृषि फार्म, फ्याक्ट्री र होटलसम्म बर्मेली नेपालीले नै काम गर्दा रहेछन् ।

१५ वर्षदेखि ३५ बर्षसम्मका बर्मेली युवाको मुख्य रोजगार गन्तव्य थाइल्याण्ड रहेछ, अर्कीले निकाली पटायाका यौनकर्मीले गुप्ताङ्गबाट निकालेको सियोले अगाडि बस्ने केटोले बोकेको बेलुन फुटाएको कहानी । भन्दै थिई, ‘ओ हो, त्यसले त फुत्त सियो फाली, अगाडि केटाको हातमा बेलुन थियो, त्यसैमा गएर सियो गाडियो । फ्यास्सै फुट्यो नि ।’ एउटीले भनी, यस्तो देखेकी भए यो बिनुले के गर्थी होला है ? उसले सिटबाट पछाडी नै आउँला झैं गर्दै आधा उठेर भनी, राधिले देखेकोे भए झन् ?

छिछिछि भन्दै थुक्दै निस्कन्थी होला है ? गोरी राधी गाला राता बनाएर हाँसी । अनि बोली, ‘छ्या यस्तै भएर हो के केटीहरुलाई हेप्ने केटाले ।’ उसले आगोको लप्कासहितको रीस शब्दबाटै छुटाई । दुई साथी भने उ‘उ.. देखिस् कसो गर्छे यो भन्दै हाईफाई गर्थै फेरि हाँसेर हुरुक्कै भए । पटायाको सेक्स बजारको लाइभ हेरेर आएका साथीहरु कोक्किएर हाँसेको सुनेपछि मेरो निद्रा पूरै हरायो । अघिल्लो सिटमा बसेका दुई साथी हिजो देखेका कुरा पछाडि फर्केर सुनाउँदै गर्दा पछिल्लो सिटमा बसेका हामी हाँस्दाहाँस्दै आँखा बाहिर निस्केला जस्ता भयौं ।

एकजना साथी भन्दै थिई, ‘यार म त मेरो बुढोलाई अन्य जुन देश घुमे नि घुमोस्, यहाँ त आउन दिन्न । यो देखेर उसै फर्केलान् ? भो बाबा ! कि सँगै आउँछु । कि आउनै दिन्न ।’ हामीभन्दा पछिल्लो सिटमा तीनजना पञ्जावी केटी थिए । हामीमध्येकी एकजना साथी हिन्दी बोल्दी रै’छिन् । उनैले सोधिन्, ‘आप भी फनालो ठाउँमा गयौ क्या ?’ पञ्जावी केटीहरुले अघि त नेपाली नबुझेर पो रहेछ, जब हिन्दीमा कुरा भयो, उनीहरुले बुझे ।

यो सबै सुनेपछि अचम्मित मात्रै भएनन् लगिदिन आग्रह गरे । र, हामीले पनि । पन्ध्र दिने भ्रमणको अन्तिम चार दिन हामी थाइल्याण्डमा थियौं । थाइलैंडमा वर्षभरिनै एउटै सिजन हुन्छ । यहाँ २४ देखि ३७ डिग्रीसम्म तापक्रम हुन्छ । गर्मीमा लगाउने बाहेकका लुगाको यहाँ खाँचो पर्दैन । यो उष्णभूमिमा यौन केवल व्यवसाय बनेको छ, पर्यटनको मुख्य आकर्षण बनेको छ ।

यौन व्यवसाय बन्दा यसमा हुने आत्मिक संसर्ग हराउँछ कि त्यसलाई मुद्राले पूर्ति गर्छ ? थाहा छैन । यौन अन्यत्रजस्तो लुकेर चलाउने व्यवसाय पनि होइन यहाँ । १० वर्षदेखि थाइल्याण्डमै बसेर व्यापार गर्दै आएका नेपाली सुनील खड्का भन्छन्, ‘यहाँ भारतमा जस्तो मान्छेलाई कोठाभित्र थुनेर शारीरिक सम्पर्क गर्नेखालको रेडलाइट एरिया छैन । यहाँको सेक्स पर्यटन भारतकोजस्तो बँधुवा सेक्स होइन ।’

खडकाले अझै खुलाएर भनेको भाषामा बुझ्ने हो भने पटायामा सेक्स एउटा खुला मनोरञ्जन मात्र हो, त्यसप्रतिको गुप्त जिज्ञासा यहाँ बाँकी छैन । यौन पेशामा लाग्न चाहने महिला वा पुरुष कसैलाई पनि यहाँ राज्यले रोकेको छैन । पुरुष दर्शक रहेर महिलाको क्लव चलेजस्तै पुरुषका त्यस्ता ‘पौरख’ हेर्ने ह्याडसम क्लबहरु पनि यहाँ प्रशस्तै हुने रहेछन् । यस्ता क्लबमा पुरुषहरुले यौन सम्बन्धी कला देखाउँछन् र दर्शकको ठाउँमा महिला हुन्छन् ।

समलिङ्गीहरुका लागि पनि त्यति नै खुल्ला र त्यस्ता सेन्टरहरु हुँदा रहेछन् । थाइल्याण्ड यसरी यौनको मामिलामा उदार रहनुका पनि केही कारण छन् । दोस्रो विश्वयुद्धको समयमा छिमेकी देश भियतनामबाट भागेर आएका अंग्रेज सेना र अन्य साधारण अंग्रेज तथा युरोपियनहरु लामो समयसम्म यहीँ बसे । उनीहरु हरेकले यहाँ बस्दा एक–एकजना गरिब थाई महिलाको साथ लागेर बसे । उनीहरुले आफ्नो जीवन पनि यहीँ फाले । अनि उनीहरुले आफ्नो सम्पत्ति पनि तिनै महिलालाई छाडेर गए ।

यसरी पर्यटक आएर थाई महिला रोजेर बस्ने परम्परा आजसम्म पनि कायम छ । तर, यो प्रचलन विस्तारै मनोरञ्जन पर्यटनका रुपमा विकसित भयो । गरिवीले ग्रस्त देशमा युरोपियन र अंग्रेजको यो बसाइलाई त्यसबेलाको थाई सरकारले पनि भरपुर उपयोग र्गयो । ५० वर्षभन्दा बढी उमेरका रिटायर्ड विदेशीहरुका लागि बेग्लै ब्यवस्था गरियो, जसले गर्दा युरोपियन र अंग्रेजहरुले रिटायर्ड लाइफ यहीँ आएर बिताउन थाले ।

यसरी आएका विदेशीको अनुभव पनि थाई सरकारले प्रयोग गर्यो भने जीवनको उत्तरार्धमा आएका पर्यटकको सारा सम्पत्तिबाट पनि थाइल्याण्ड लाभान्वित भयो । सेक्स टुरिज्मलाई कानुनीरुपमै अपनाएको थाइल्याण्डमा यौन हिंसा र्गयो भनेचाहिँ १५ वर्ष कैददेखि बलात्कारीलाई मृत्यु दण्डसम्मको ब्यवस्था रहेछ ।यौन पर्यटनबाट पैसा कमाउने बानी परेका थाई महिलाहरु अहिले धेरै समय लगाएर कम पैसा आउने काम गर्न सितिमिति रुचाउँदैनन् ।

मसाज गर्ने गर्नेदेखि छोटो समयमा धेरै कमाउने मात्र काम उनीहरु गर्छन् । थाइल्याण्ड पुग्ने हरेकले बाटो–बाटोमा पर्चा थमाएर ‘मसाज म्याम मसाज, मसाज सर मसाज’ भनेको देख्न सक्छ । उनीहरु एकै ठाउँमा पाँचरसात घण्टा काम गर्न रुचाउँदैनन् । कस्टमरसँग राम्रो व्यवहार गर्न, उनीहरुसँग धेरै भाषामा कुरा गर्न भने थाई नागरिकहरु सक्दैनन् । यसका लागि त्यहाँका होटेलदेखि पसलसम्म बर्मेली नेपाली कामदारले सहयोग पुर्याउँछन् ।

बर्मेली नेपालीले धानेको बजार

दशैंको मुखमा थाइल्याण्ड पुगेका हामीलाई त्यहाँको सेक्स बजारभन्दा सस्तो मूल्यमा राम्रो लुगा किन्ने बजारको दरकार थियो । त्यसैले ३१ डिग्रीको तातोबाट अनुहार रातो–रातो बनाउँदै आफन्त र प्याराहरुलाई केही किन्ने विचारले हामी सपिङ मलमा छिर्यौं । बाहिर त्यति गर्मी भए पनि बैंककका मलहरु भने न्यानो लुगाले भरिएका थिए । त्यतिमात्र हैन, ९५ प्रतिशत बुद्धिष्ट बसोवास गर्ने यो देशमा ०.००३ प्रतिशत हिन्दुहरुले मनाउने चाड तिहारका लागि प्रशस्तै समाग्री भेटिन्थे ।

कति साथीले त तिहारको सपिङ पनि उतै गरे । बजार थाइल्याण्डको, सुगन्ध नेपालको, गज्जब लाग्दैथ्यो । पसलबाट बाहिरमात्र के निस्केका थियौं, पसलकी थाई महिला हामीलाई कुट्न भन्दै चप्पल खोलेर आई । हामी त्यहाँबाट ज्यान जोगाएर भाग्यौं बजारमा मात्रै होइन, त्यहाँका सपिङ मलमा काम गर्नेका अनुहार र भाषामा पनि नेपाली सुगन्ध देख्न सकिन्छ । मल छिर्ने बितिक्कैको एउटा पसलमा पातलो ज्यान भएका एक युवक कपडा मिलाउँदै थिए ।

पातलो जुँगाको रेखीमात्रै बसेका उनीछेउ गएर एउटा जामा देखाउँदै मैले सोधेँ, ‘हाउ मच फर वान पिस ?’ उनले मेरो अपेक्षा विपरीत खराँट नेपाली भाषामा जवाफ दिए, ‘यो लान्या हो त ? तीन सय भाट पर्छ । एउटा मात्र लान्या भए महङ्गो हुनेछ, दुईवटा लान्या भया सस्तो पर्छ ।’ उनको नेपाली भाषा सुनेपछि मेरो ध्यान लुगामा भन्दा बढी उनको अनुहारमा खिचियो । कर्णालीवासी नेपालीको जस्तै लाग्नेगरी उनले बोलेको भाषा सुन्दै केहीबेर त म अनुहार हेरेको र्हेयै भएँ ।

‘क्या हामी नेपाली भाषी भनीकन जान्दा छैनौं ?’ उनले खिस्स हाँस्दै घोप्टो परेर कपडा मिलाए । म भने ट्वाँ परेँ । केहीबेरपछि लुगाभन्दा उनका बारेमा सोधीखोजी गरेँ । उनको छेवैमा गएर हात समात्दै मैले भनेँ, तिमीले नेपालको खस भाषा नै बोल्यौ त राजा ! तिमी नेपाली हौ ? कि नेपाली बोल्न सिकेको ?’ उनले आफूलाई नेपाली प्रमाणित गर्न नसकेकोमा खिन्नता रहेको अनुहारमा झल्काउँदै भने, ‘म नेपाली थिइनँ भने यसरी नेपाली कसरी बोल्दो हुँ र दिदी ?’

मैले लख काटेँ, नेपाली बोले पनि उनी नेपाली होइनन् र नेपाली हुन नसकेको खिन्नता उनीसँग प्रचुर छ । यत्तिकैमा पसलमा अर्काे ग्राहक आइपुग्यो । म साइडतिर उभिएँ । उनी अर्को ग्राहकसँग कुरा गर्न थाले । ती ग्राहक इण्डियन थिए । उनीसँग पसलेले नहिच्किचाइ हिन्दी बोले । इण्डियन ग्राहक हिँडेपछि मैले सोधेँ, ‘तिमी त हिन्दी पनि उत्तिकै बोल्दा रहेछौ नि ?’ उनले मुस्कुराउँदै छेवैको टेबुलबाट पानीको बोतल ताने र ठाडो घाँटी पारेर आधा बोतल घटघटी पिए ।

अनि मतिर हेर्दै सोधे, ‘पिउनुहुन्छ ?’ उनको यो शैली देखेपछि चाहिँ मैले आफू थाइल्याण्डमा छु भन्ने करिब–करिब बिर्सेँ । यही त हो, नेपालीपन । थाइल्याण्डमा पानी वा खाजा खाँदा टेबलमा हाम्रोजस्तै सित्तै आउँदैन । पानी पिउन मन लागे किन्नैपर्छ । थाइल्याण्डको बजारमा किनमेल गर्दा मैले चर्काे मूल्य चुकाउनु पर्ला भन्ने उनले चिन्ता व्यक्त गरे । जुनसुकै पसलमा गए पनि नेपालभाषी हुने जानकारी पनि उनले दिए ।

करिव साउतीको शैलीमा उनले मेरो कानछेउ आएर भो, ‘मूल्य जति राख्याको हुन्छ नि, त्यसको आधा मात्रै भन्नु ।’ उनले मलाई सिकाउँदा सिकाउँदै पसलकी मालिक्नी आइपुगी, उनले थाई भाषामा मालिक्नीसित कुरा गरे । म गएको इसारा गर्दै त्यहाँबाट निस्केँ । उनले भनेजस्तै पसलदेखि कृषि फार्म, फ्याक्ट्री र होटलसम्म बर्मेली नेपालीले नै काम गर्दा रहेछन् । १५ वर्षदेखि ३५ बर्षसम्मका बर्मेली युवाको मुख्य रोजगार गन्तव्य थाइल्याण्ड रहेछ ।

बर्मा थाइल्याण्डसँग सीमाना जोडिएको देश हो । करिब ७० प्रतिशत बुद्धिष्ट धर्मालम्बी भएको तर सत्ताका लागि सधैं लडाईं चलिरहने देश भएका कारण म्यानमारमा कहिल्यै राजनैतिक स्थायित्व छैन । निर्वा्चित सरकार आउने र सेनाले हटाउने खेलमै यो देशले लामो घम्साघम्सी झेलिरहेको छ । यसैको मारमा रहेछन् बर्मेली नेपाली पनि ।

एक मन त ‘बर्मा गयो कर्म सँगै’ भन्ने नेपाली उखान बर्मामा रहेका नेपालीलाई हेरेर बनाइएको हो कि जस्तो पनि लाग्यो । बर्मामा पनि उनीहरु बर्माको नागरिकका रुपमा नभएर आप्रवासी नागरिकका रुपमा बसेका रहेछन् । उनीहरु बर्माको बसाई असहज भएपछि स्कुल लेभलको पढाइ सकेर गुजाराको लागि सीमानाको देश थाइल्याण्ड आउँदारहेछन् ।

अमेरिकन र युरोपियन पर्यटकको सामना गर्नुपर्ने थाइल्याण्डमा थाईहरुले भने अंग्रेजी बोल्न नजान्ने । बर्मेली नेपालीहरु अंग्रेजीदेखि थाई, हिन्दी र नेपालीसम्म जान्ने हुँदा व्यापारका लागि नेपालीहरु आवश्यक पर्ने रहेछ । त्यसैले जागिरका लागि बर्माका नेपाली प्राथमिकतामा छन् । जागिर मात्र हैन, कति बर्मेली नेपालीहरु त त्यहाँका साहु पनि भएका छन् । त्यसमध्ये रमेश खतिवडा एकजना हुन् । उनी अहिले थाइल्याण्डमा ब्यागको पसल चलाएर बसेका छन् ।

रमेशले १७ बर्ष थाई नागरिककै पसलमा काम गरे । त्यसपछि केही कमाएर उनले आफैं पसल खोलेका हुन् । ‘मजस्ता यहाँ धेरै हुनुहुन्छ । पहिला यति धेरै बर्मेली थिएनन् । हरेक होटल, पसल, घर, फ्याक्ट्री, कृषिमा छ्याप्छ्याप्ती हुन थालेको भने पाँच बर्ष भयो’ रमेशले नालीबेली नै लगाए, ‘यसैगरी बर्मेलीले काम गर्दै गए भने अबको १० बर्षपछि त सबै बर्मेलीले बैंककको बजार चलाउँछन् ।’

दिउँसोको किनमेल सकेर साँझ रेष्टुरेन्टमा छिर्दा पनि नेपालीभाषी नै फेला परे । यसअघि नै थाइल्याण्ड घुमिसक्नुभएकी साथी सविताको साथ लागेर हामी एउटा रेष्टुरेन्टमा र्छियौं । हामी बस्दानबस्दै ‘के लिनुहुन्छ ?’ भन्दै आइपुगे एकजना कामदार । विदेशी भूमिमा नेपाली भाषामा कुरा गर्दाको मज्जा नै अर्कै ! वेटरको नेपाली बोली आएतिर फर्केर हेर्दा हामी बस्दै गरेको कुर्सीमा हात अड्याएर अर्डरसिट र पेन लिएर दुई सुन्दर युवती मुस्कानसहित उभिएका थिए ।

हेर्दा उनीहरु भर्खर प्लस टु सकेका नेपाली केटीजस्ता देखिन्थे । उनीहरु अर्डर लिएर गए । फर्केर आउँदा उनीहरुसँग बात मारौंजस्तो लागिरहेको थियो । मैले त्यसै गरेँ । ‘तिम्रो नाम के हो ?’ ‘सोनिया प्रधान’ हल्का लाज मानेजसरी जवाफ दिई उसले । यसबीचमा उसका बारेमा निकै कुरा भए । मसँग गफिँदै गर्दा टेबलमा इण्डियन ग्राहकहरु गुरुप्प आएर बसे । उ पनि हतारिँदै त्यतै लतारिई ।

भारतीयले भड्काएका थाई व्यापारी

थाईहरु भने ग्राहकसँग रुखो ब्यवहार गर्छन् भनेर हामीले पटायामै थाहा पाएका थियौं । बालीबाट पटाया आउँदा एक साँझ केही किन्ने भनेर साथी शान्ता र म त्यहाँको बजार छिर्यौं । एकैछिनमा अर्को साथी आउनुभयो । बजार गएका तीनैजनाले एउटै ड्रेस लैजाने भनेर एउटा पसलमा सामान मिलाउँदै थियौं । बाहिर पाँचसय भाटमा पाइने सामानलाई त्यहाँ सात सय मूल्य देखेपछि हामीले छोडेर हिँड्यौं ।

पसलबाट बाहिरमात्र के निस्केका थियौं, पसलकी थाई महिला हामीलाई कुट्न भन्दै चप्पल खोलेर आई । हामी त्यहाँबाट ज्यान जोगाएर भाग्यौं । त्यसपछि थाई महिला, पुरुष भएको पसलहरुमा छिरेर हामीले किन्न नै सकेनौं । ठूला मान्छे मात्र होइन, पसलमा रहेका बच्चा पनि हामीलाई गाली गरिहेका हुन्थे । एयरपोर्टमा पनि थाईहरुको ब्यवहार एकदमै रुखो पाइयो । उनीहरु बोल्दा नै रिसाउनुको कारण भने भारतीय ग्राहक हुँदा रहेछन् । भारतीय ग्राहक निकैबेर मोलमोलाई गर्ने र सामान नलिई हिँड्ने गर्दा रहेछन् ।

नेपाली पनि इण्डियनजस्तै देखिने हुँदा नेपालीलाई उस्तै ब्यवहार गरेको हुनुपर्छ । नेपालको जनजाति समुदायमा जस्तै थाईहरुका घरमा महिला प्रमुख हुँदारहेछन् । घरमा मात्र हैन हरेक काम बजार, एयरपोर्ट, होटल, कृषि सबैतिर ९० प्रतिशत महिलाहरु नै भेटिन्छन् । बैंककमा झण्डै डेढलाखको संख्यामा भारतीय ब्यापारी रहेछन् । त्यो पनि पुस्तौं पुस्तादेखि बसोबास गरेका । ६ करोड आफ्नो जनसंख्या रहेको थाइल्याण्डमा हरेक वर्ष ३.५ करोड टुरिष्ट आउँदा त्यसको १५ प्रतिशत टुरिष्ट भारतीय हुने गर्छन् ।

समाजमा महिलाको बर्चश्व

नेपालजस्तै थाइल्याण्ड पनि कहिल्यै कसैको गुलाम भएन । यो देश चरम गरिवीबाट माथि उठेको देश हो । बाहिर भनिएजस्तो सेक्स टुरिज्मले धानेको देश होइन थाइल्याण्ड । तर, टुरिज्म आयआर्जनको दोस्रो पाटो हो । यसको आय आर्जनको पहिलो स्रोत कृषि हो । राज्यले गाउँका मान्छेलाई आर्थिकरुपमा माथि उकास्न रिमोट एरियामा कृषकलाई प्रशस्त आर्थिक सहुलियत दिएको रहेछ । अनि उनीहरुको उत्पादनको प्रवद्र्धन पनि त्यसैगरी गरेको रहेछ ।

थाइल्याण्डबाट सुरु भएको ‘एक गाउँ एक उत्पादन’ आज विश्वमा प्रख्यात छ । वार्षिक ३.५ करोड पर्यटक थाइल्याण्डको आम्दानीको दोस्रो स्रोतमा पर्छन् । योसँगै जोडिएको छ सेक्स टुरिज्म पनि । नेपालका कतिपय जनजाति समुदायमा जस्तै थाईहरुका घरमा महिला प्रमुख हुँदारहेछन् । घरमा मात्र हैन हरेक काम बजार, एयरपोर्ट, होटल, कृषि सबैतिर ९० प्रतिशत महिलाहरु नै भेटिन्छन् । यहाँसम्म कि सुरक्षा निकायमा पनि झण्डै हाराहारीको संख्यामा महिला रहेछन् यहाँ ।

नेपालको सामाजिक व्यवस्थाको ठीक विपरीत बिहे गर्ने बेला महिलाका लागि पुरुषको हात माग्न जाने चलन यहाँ रहेछ । अनि पुरुष रोज्ने महिलाकी आमालाई करोडसम्म पैसा दिएपछि मात्रै तिनलाई अफ्नो घरमा ल्याउन पाइने रहेछ । यसरी लिङ्गको बिनाभेदभाव आकाशसम्मको आफ्नो दायरा बनाएको त्यो बजारमा रमाउन पुगेका नेपालीको पनि कमी देखिएन । तर, त्यहाँ तिनै नाङ्गा सुन्दरीसँग फोटो खिचाउन तँछाड–मछाड गरेर नेपाल आउने, अनि घरमा चाँहि आफ्नी श्रीमती वा केटीसाथीलाई घुम्टोबाट बाहिर ननिस्कन दवाब दिने ?

मनले यति भन्यो, कहिले खुल्ला नेपाली महिलाको घरबाहिर चिहाउन सक्ने ढोका ? (लेखक पत्रकार हुन्)

प्रकाशित मितिः सोमवार, चैत्र ११, २०७५     9:58:54 AM

Tara Chapagain

See all posts by