तुलसी प्रवास भन्छन्, ‘नाचेरमात्र जीवन चल्दैन, संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्छ’

नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बोकेको नाम हो, तुलसी प्रवास । स्याङ्जा भीरकोट नगरपालिका वडा नं ८ मा २०३२ सालमा स्याङ्गजामा जन्मिएर पोखरालाई कर्मथलो बनाएका उनी लोक संस्कृतिको संरक्षण र अनुसन्धानमा निरन्तर जुटिरहेका छन् । ‘मौलिक संस्कृति बाँचेमात्रै आफ्नो पहिचान जीवन्त हुन्छ’ भन्ने आधारमा अघि बढिरहेका तुलसीप्रसाद खनाल अहिले लोकसाहित्य जगतमा तुलसी प्रवासबाट चिनिन्छन् ।

नेपाली साहित्यमा स्नातकोत्तर र लोक गीतमा विद्यावारिधी गरेका उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली लोक संस्कृतिलाई अन्तरर्राष्ट्रियस्तरमा समेत चिनाउन भूमिका खेलेका छन् । तुलसी प्रवासले नेपालमै पहिलो पटक अनुसन्धान गरी निर्माण गरिएको ‘गल्लैलाउरे’ लोकगीत अनुसन्धानात्मक कृति प्रकाशन गरेका छन् । उनै प्रवाससँग हामीले नेपाली लोक संस्कृतिको अवस्थाका बारेमा तारा चापागाई दुबेले गरेको कुराकानी :

अहिलेको परिवेशमा आउँदा लोक संस्कृतिको अवस्था कस्तो छ ?

– कतिपय नेपाली लोक संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ । यो अहिलेको विज्ञान प्रविधि आधुिनकीकरण गर्दा संस्कुतिहरु हराउने अवस्थामा पुगेको छ । केही त हराइसके भन्दा पनि फरक नपर्ला । अर्कोतर्फबाट हेर्दा जव नेपालमा सरकार गठनसँगै अलिकति संस्कारको जागरणको आइरहेको छ ।

विभिन्न जातजातिको आफ्नो पहिचान खोज्ने क्रममा उनीहरुको आफ्नो जाति र सस्कृतिलाई पुर्नजिवन दिने एउटा प्रयत्न गरिरहेका छन् यो एउटा सकरात्मक पक्ष पनि हो । त्यसका लागि हामी पनि विभिन्न सरोकारवालाहरुसँग अनुसन्धान गरिरहेका छौ । साथै सुझाव दिने काम पनि गरी रहेका छौ ।

नेपाललाई विश्वमा चिनाउने भनेकै संस्कृति हो । – तुलसी प्रवास

गण्डकी प्रदेशमा लोक संस्कृतिको अवस्थामा कस्तो छ ?

– गण्डकी प्रदेश वास्तमा अत्यन्तै विभिन्नरुपमा संस्कृति भएको ठाँउ हो । यहाँका एघार वटा जिल्लाको धेरै ठाँउमा मैले पनि हरिरहेको छु । करिब ८० जातजातिको बसोबास पोखरा महानगरपालिकामा मात्र छ । त्यसकारण अन्य जिल्लाहरुमा विभिन्न जातजातीले आफ्नो संस्कृतिलाई बचाउँदै आएको पनि हामी देख्नसक्छौ ।

उनीहरुले आफ्नो जातिय पहिचान कायम गर्न एक्यबद्धता जनाएर संगठीत भएर संस्कति बचाउने काम गरेका छन् । यहाँ जातिय विविधता रहेको छ र एकता पनि छ । त्यसैले गण्डकी प्रकृतिमा जति सुन्दर छ, संस्कृतिमा पनि उत्तिकै अगाडी छ । यो संस्कृतिलाई मिलाउन सकेमा गण्डकीलाई पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै नमुना प्रदेशका रुपमा विकास गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।

नयाँ पुस्ताले कतिपय आफ्नो भाषा संस्कृति नै विर्सिसकेको अवस्थामा हामीलाई संस्कृति किन आवश्यक रहेछ ?

– मानिसको लागि समुदायको लागि सिँङ्घो राष्ट्रको साँस्कृतिक पहिचान हो । नेपाललाई विश्वमा चिनाउने भनेकै संस्कृति हो । विश्वमा एउटा आफ्नो छुट्टै विशेषता र अनुशासन पनि छ । हामीसँग जति पनि संस्कृति छन् नैतिकवान र गुणवान छन् । हामीलाई यो जाति संस्कृति भनेर छुटाछुटै तरिकाले वर्णन गरेको छ ।

किनकी हामी जन्मदेखि मृत्युुसम्मको संस्कार आ आफ्नो तरिकाबाट गर्छौ । हाम्रो यिनै संस्कृतिको बिबिधताले हामीलाई सबैको सामु चिनाएको छ । जसका कारण हामी विश्वभरका पर्यटकको मन जित्न सफल भएका छौं । यी सबै कारणले संस्कृति जोगाउनु पर्छ र यो अति आवश्यक छ ।

नेपालमा पश्चिमी संस्कृतिको प्रभाव बढिरहेको छ, यसको प्रभावलाई कसरी कम गर्न सकिएला ?

– यो एउटा गम्भीर कुरा हो । अहिलेको हाम्रो पुस्ताहरु हाम्रो संस्कृतिबाट विमुख हुदै गएका छन् । नेपाली संस्कृतिप्रति आकर्षण घट्दै गएको छ, किनकी हामीले संस्कृतिलाई व्यवसायिक गर्न सकेका छैनौं । जवसम्म संस्कृतिको बाटोबाट जिवनस्तरमा सुधार आउँदैन आयर्आजन गर्न सकिँदैन तबसम्म संस्कृति सधै पछि परिरहने छ ।

हिजो हाम्रो पुर्खाहरुले जसरी पहिचानसहितका बस्त्र लगाउने, गाउने र बजाउने गर्नुभयो एउटा नारा लिएर हिँडनुभयो । त्यसरी नै अहिले गाएर, नाचेर, बजाएर पनि जिविकोपार्जन गर्न सकिन्छ है भन्ने सन्देश दिनसक्यो भने अवस्य नयाँ पुस्तालाई यसप्रति आकर्षण गर्न सकिन्छ

मानौ, एउटा स्कुल पढदै गरेको नानीबाबुलाई तिमी भोली गएर के बन्छौ भनेर प्रश्न सोध्यो भने पक्कै उसले डाक्टर, इन्जिनियर, पाइलट बन्छु भन्छ, किनकी त्यसमा उसले राम्रो भविष्य र सुन्दर जीवन देखेको हुन्छ । किनकी गाएर बजाएर नाचेरमात्र जीवन चल्दैन, उसले किन मनाउँछ सस्कृति ? किनकी हरेक क्रियाकलापको पाटोसँग आर्थिक पक्ष जोडिएको छ । जसमा सारा देशको ध्यान जान जरुरी छ ।

हाम्रो संस्कृतिभन्दा पश्चिमा संस्कृतिलाई राम्रो भन्ने जुन विकृति छ, यसलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

– जसले बुझेको छैन त्यसको अर्थ उसले कसरी समान दिनसक्छ भन्ने हो । जति पश्चिमेली गीत नाचलाई सम्मान दिइन्छ, त्यो वातावरण छैन त्यो पनि एउटा मख्य कारण हो । जसको कारण आफैमा भएको कला क्षमतालाई बाहिर देखाउन सकेका छैनन् । यो क्षेत्रमा लागेर टिक्न सकेका छैनन् । तर यसलाई हामीले सामुहिक रुपमा स्वीकार गर्यो भने अवश्य परिर्वतन गर्न सकिन्छ र पश्चिमा प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ ।

संस्कृति नै लोप भए के होला ?

– संस्कृति लोप भए हामी नै रहदैनौ । जसमा एउटा विद्वानले भन्नुभएको छ, ‘कुनै पनि राष्ट्रलाई सिध्याउनु छ भने त्यो देशको अर्थतन्त्र ध्वस्त पारिदिनु, र कुनै पनि जाति पहिचान सिध्याउनु छ भने संस्कृति नै सिध्याउनु ।’ संस्कृति सिद्धियो भने हामी नै रहदैनौ ।

त्यसकारण तल्लो तहदेखि माथिल्लो निकायका सबैको ध्यान संस्कृति जोगाउनतर्फ जानु अति आवश्यक छ । सरकारले पनि जातिय पहिचान वा संस्कृति जोगाउनका लागि विद्यालय तहबाटै एउटा जातीय संस्कृति झल्किने पाठयक्रम समावेश गर्नुपर्छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५     7:50:36 AM

Tara Chapagain

See all posts by