सितलचिनी : जादुको एउटा चमत्कारी रूख

हेमन्तराज काफ्ले

सितलचिनी, मधेसमा मुनगा वा सहजन र सितलचिनी, नामको वृक्ष चमत्कारी वनस्पतिको रुपमा पर्दछ । यो बिरुवा सबै प्राणीका लागी निकै उपयोगी छ । प्राचीन कालमा ऋषिमुनिहरुले यसलाई जीवन बुटिको रुपमा लिने गरेको धार्मिक ग्रन्थहरुमा पनि उल्लेख गरेको पाइन्छ । सितलचिनी अर्थात सितल चिनीका फूल, पात, फल लगायत सबै थोक जिवन उपयोगी हुन्छन् । यसलाई अग्रेजीमा मोरिङा ओलिफेरा भनिन्छ । सितल चिनी सन्सार भरी चमत्कारी बिरुवाको रुपमा लिने गरिन्छ ।

निकै जिवन उपयोगी जडिबुटीको रुपमा मान्ने गरिन्छ र यसलाई बिदेशमा सब्चियुट अफ फुडको रुपमा मान्ने गरिन्छ । यसको क्याप्सुल अमेरिका,फ्रान्स क्यानेडा जस्ता देशमा निकै महँगो विक्री हुने गरेको पाइन्छ । यसको फलको तेलले कपाललाई फुट्न नदिने र सिल्की बनाउने गर्छ । यसको फलले पानी सुदद्ध गराउन पनि प्रयोग गरिन्छ । यसको बोक्राले शरीर मा भएका विभिन्न एलेर्जीहरु जस्तै दाद लुतो आदिमा पिसेर लगाउदा फाईदा गर्छ । यसको पात नियमित खाली पेट्मा सेवन गर्ने गर्नाले पेट सम्बन्धी दीर्घ रोगहरु सन्चो हुने र यसले अनुहारमा चमक ल्याउनुका साथै कालो पोतो र डंडीफोरलाई निकै उपयोगी मानिएको छ ।

रिसर्चर डा स्टोनका अनुसार यसले ३०० भन्दा बढी रोगहरुलाई निर्मुल नै गर्छ । यसमा दूध, अन्डा गाजर हरु भन्दा पनि धेरै गुना बढी भिटामिन हुने र यसले शरीर लाई निकै फुर्तिलो बनाउछ । एक अध्यनले यसलाई सेक्स पावरको रुपमा पनि मानिएको छ । छिप्पेको फललाई उमालेर प्रयोग गर्यो भने नियमित साझ सुत्ने बेला निरन्तर प्रयोग गर्यो भने सेक्स पावरको रुपमा पनि उपयुक्त मानिएको छ । यसको उपयोगले अन्धोपना नियन्त्रणसहित धेरै किसिमका फाइदा हुन सक्छ । मोटोपन र पेट घटाउनलाई यसको प्रयोग गरिन्छ ।

यसको पातलाई मिक्सरमा पिसेर रस बनाएर एक चम्चा मह र आधा कागती हालेर बिहान खाली पेटमा सेवन गर्यो भने बोसोको मात्रा घट्ने र आफुले चाहे जस्तो शरीर बनाउन मिल्ने हुन्छ । यो जिम गर्ने युवाहरुलाई नि निकै उपयोगी मानियको छ । यसले रजस्वला भएका महिला हरुको गडबडिलाइ नि निकै फाईदा हुने का साथै पाटेघर सम्बन्धी रोगलाई नि फाईदा गर्ने गर्छ । भारतको लखनउस्थित रिजनल फुड रिसर्च एनालसिस सेन्टरद्वारा गरिएको अनुसन्धान अनुसार, प्राकृतिक गुणले परिपूर्ण सितलचिनीमा यति औषधीय गुण हुन्छ, यसको कुनै पनि रूपमा सेवनले थुप्रै रोगबाट मुक्ति पाउन सकिन्छ ।

सितलचिनीमा भिटामिन ए र बी बढी मात्रामा पाइन्छ । भिटामिन सी समेत पाइन्छ । यी तीनै भिटामिन उच्च मात्रामा हुने कमै प्राकृतिक खाद्य पदार्थ छन् । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फास्फोरस एवं खनिज तत्त्व प्रचूर मात्रामा हुन्छ । यसको नियमित सेवन गरे रक्तअल्पता र आँखाको रोगबाट मुक्ति पाउन सकिने सेन्टरको अनुसन्धानमा उल्लेख छ । यस्तै, भारतकै राष्ट्रिय कृषि अनुसन्धान परिषदका अनुसार, सितलचिनी हेमाग्लोबिन बढाउनमा सहायक हुन्छ । एन्टिबायोटिकको गुणले भरिपूर्ण हुन्छ । यसको फुलले दाल झान्नाले शरीरमा आइरनको मात्रा दिने गर्छ भनिएको छ ।

मुख्यत पेटसम्बन्धी सबै प्रकारका विकारबाट छुटकारा पाउन सितलचिनीको सेवन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो समेत बनाउँछ । कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । आँखाको ज्योति बढाउँछ । यसमा भिटामिन ए पर्याप्त हुने भएकोले रतन्धो रोग लाग्दैन । रतन्धो भिटामिन ए कै कमीले गर्दा हुन रोग हो । गठिया र मोटोपनाले पीडितहरूको लागि त यो उपयोगी छ । यो वायुनाशक हुन्छ । यसैले गर्दा सितलचिनी खानाले बोसो कम हुन्छ । बोसो कम हुँदा मोटोपना कम हुन्छ, गठिया निको हुन्छ, । यो पीडानाशक प्राकृतिक औषधि पनि हो । यसले सुन्निएको कम गर्छ ।

सितलचिनी वीर्यवर्धकसमेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ । सितलचिनीको बोटको उचाइ १० मिटरसम्म हुन्छ । आयुर्वेदका थुप्रै औषधि तयार पार्न सितलचिनीको जरो, बोक्रा, फूल, बीउ र फल नै उपयोग गर्न सकिने बहुउपयोगी बिरुवा हो । डा.आर्युेवेदाचार्य श्रीधर सुवेदीका अनुसार सितलचिनी सोइजनमा मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढी पोषकतत्व,४६ किसीमका एन्टीअक्सीडेन्ट,३६ प्रकारका एन्टीफालामेन्टरी, ८ प्रकारका अत्यावश्यक एमिनो एसिड जस्ता पोष्टिक तत्वहरु पाइन्छ ।

आयुर्वेद चिकित्सा विज्ञानमा यसलाई महाऔषध भनिन्छ जसबाट ३०० भन्दा बढी प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ । नेपालमा बालबालिकालाई कुपोषणबाट बचाउन अनेक कार्यक्रम ल्याइन्छन्, कति प्रपञ्च रचिन्छन् । घरवरिपरि भएका भोजन, बिरुवाको वास्ता नगरेर बालबालिकालाई बाहिरबाट आएका बेलभिटाजस्ता खानेकुरा दिइन्छ । तर, मोरिङ्गा अर्थात् सितलचिनीजस्तो वनस्पतिको वास्ता गरिँदैन । सितलचिनीमा मानव शरीरलाई आवश्यक पर्नेभन्दा बढी किसिमका पोषण तत्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइने स्वास्थ्य मन्त्रालयका पोषणविद्लाई त थाहा हुनुपर्ने हो ।

अंग्रेजीमा मोरिङ्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीति–निर्माताको आँखा खुल्छ कि ? यो वनस्पति तराई तथा मध्यपहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिन्छ । तराईतिर यसलाई सोहिजन, सैजन, सितलचिनी, मुनका नामले चिनिन्छ, कतै सितलचिनी पनि भनिन्छ । कृषि विकास मन्त्रालयले नै उपलब्ध गराएको तथ्यांकअनुसार तराईका १३ जिल्लाको ६७ हेक्टरमा वार्षिक पाँच सय ५४ मेट्रिक टन सितलचिनी उत्पादन हुन्छ। यसको कलिलो कोसा बजारमा बिक्री हुन्छ र तरकारी खाइन्छ । तर, अन्य भागमा यसको उपयोगिताबारे आमउपभोक्तालाई अझ कसैले जानकारी दिएकै छैन ।

सितलचिनीको फल पोषणयुक्त हुन्छ । यसमा कीरा पनि खासै लाग्दैन । व्यावसायिक उत्पादनमा धेरै सम्भावना रहेको सितलचिनी खेती सुरु गरियो, त्यहाँ करिब पाँच सय बोट सितलचिनी रोपिएको कुरा पत्रपत्रिकामा सानो समाचारका रूपमा मात्रै आयो । यस्तो महत्वपूर्ण कुरा, जसले देशको जनस्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ, त्यसै बिलायो । सितलचिनीको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । यसलाई पाउडर बनाएर, बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ । तर, यसमा स्वास्थ्य मन्त्रालयको ध्यान पुग्न सकेको पाइँदैन ।

भिटामिन ‘ए’ को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्यासँगै झाडापखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने गर्छ । यसरी झाडापखाला र श्वासप्रश्वासको समस्या भएपछि बच्चालाई खान मन नलाग्ने, कुपोषण बढ्दै जाने र अन्तमा मृत्यु नै हुन्छ । सितलचिनीले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि सञ्जीवनीको काम गर्छ । तर हामी धेरैलाई यसको गुण थाहा छैन । तराईको त घरघरम र सडकका छेउमा पनि यो वनस्पति हुन्छ ।

यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन् । विज्ञका अनुसार सितलचिनीजस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन् । गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान हामी स्वास्थ्यकर्मीले भन्छौँ । सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔँ भन्दैनौँ ।

किनभने हामीलाई नै थाहा छैन, हामीलाई भान्छा घरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ भनेर सिकाइएको छैन। घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा विश्वास गर्छौं । अनि बट्टाका प्रोटिन किन्छौँ, घर आँगनको सितलचिनी होइन । यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दैछ । अनुसन्धानबाट पत्ता लागेको छ कि सितलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ । अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ ।

एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो यो । तर पौष्टिक उपहार नै अपहेलित छ । अनि, स्वास्थ्य मन्त्रालयचाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँड्दै हिँड्छ । तर, समुदायलाई करेसा वरिपरि सित्तैमा पाइने सितलचिनी खान भनेर सिकाउँदैन । विदेशीले किनेर दिए भने सिकाउँछ कि ? सितलचिनीको बीउबाट बनाइएको तेलचाहिँ ओलिभ तेल जत्तिकै राम्रो हुन्छ भनेर अनुसन्धानले देखाएको छ ।

ओलिभ तेल त ठूला पसलमा धेरै पैसा हालेर किन्छन् तर सितलचिनीबाट बनाइएको तेलबारे कसैले वास्ता नै गर्दैनन् । सितलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ । यस्तो वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनुजस्तै हो । दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ । आयुर्वेदमा यो वनस्पतिले तीन सयजति रोगको उपचार गर्छ भनिएको छ ।

यसलाई कतिले त जादुको रूख पनि भन्छन् । सायद यसको पौष्टिकता र औषधीय गुणका कारण अमेरिका र युरोपमा समेत यसको लोकप्रियता बढेकै छ । अफ्रिकाका केही देशमा पनि यसको प्रयोग गरिन्छ। यसलाई जादुको रूख भनिनुको कारण सायद यसमा धेरै प्रोटिन, गाजरमा भन्दा बढी भिटामिन ए, केरामा भन्दा बढी पोटासियम र दूधमा भन्दा बढी क्याल्सियम भएर हो कि ? यसमा रोगसँग लड्ने शक्ति हुन्छ, आमाको दूध बढाउने तत्व हुन्छ भनेर आयुर्वेदमा लेखिएको छ । केही अनुसन्धानले यसको प्रयोगबाट उच्च रक्तचाप घट्न सक्ने सम्भावना देखाएको छ । यसैले अमेरिकामा त यसको क्याप्सुल र पाउडर नै बनाएर बेचिन्छ ।

भारतको बेंग्लोरमा गरिएको एक अनुसन्धान अनुसार कुपोषित बालबालिकालाई सितलचिनीको पाउडर खानासँगै खुवाउँदा उनीहरूको स्वास्थ्यमा धेरै सुधार भयो । त्यसैले केही समयपछि नेपालमा पनि केही व्यक्ति सितलचिनीको पाउडर खान सुरु गर्नेछन् । आफ्ना शिशुलाई र परिवारलाई विभिन्न प्रकारका कुुपोषणबाट बचाउन सितलचिनी प्रयोग गर्न सुरु गर्ने कि ? कुपोषणबाट बच्न सरकारको वास्ता नगरेर आफ्नै बारीको वस्तु प्रयोग गरे राम्रो । सजिवन अत्यन्त लाभदायक सब्जी हो । भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ ।

नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ । छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ । भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो । यो सब्जीको औषधीय गुण यति धेरै छन् कि, सायदै अन्य कुनै सब्जीमा पाइएला । सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ । सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार सजिवनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ ।

भारतमा यसलाई सहजन भनेर चिनिन्छ भने अंग्रेजीमा ड्रमस्टिक भनिन्छ । हुन पनि यो सब्जी ड्रम बजाउने स्टिक जस्तै हुन्छ । सजिवनको पात अर्थात् सितलचिनीलाई अंग्रेजीमा मरिङ्गा भनेर चिनिन्छ । नेपालमा औषधीय गुण नबुझेर होला, सजिवनको प्रयोग ज्यादै न्यून देखिन्छ । सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ । आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ । सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ ।

सितलचिनीलाई कसरी हुर्काउने ?

सितलचिनीलाई हुर्काउन सजिलो छ, किनभने यो हाँगा काटेर पनि रोप्न सकिन्छ र दानाबाट पनि बेर्ना निकाल्न सकिन्छ । तर ख्याल गर्नुपर्ने कुरा के छ भने, यसको बिरुवा हुर्काउँदा प्रशस्त मात्रामा पानी हाल्नुपर्ने हुन्छ । बिरुवा ८ देखि ९ फिट नहुँदासम्म नियमित पानीले भिजाएर राख्नु जरुरी छ । एउटा परिपक्क रुख हुँदा सौजुन ३० देखि ४० फिट अग्लो हुन्छ । यसको पात भने मसिनो खालको हुन्छ । केही छिप्पिँदै गएपछि सजिवन फुल्छ र फूल पनि धेरै औषधीय गुण बोकेको हुनाले संकलन गरेर सुकाइन्छ र बेचिन्छ ।

सितलचिनीले रोपेको ४ देखि ६ महिनामा फल दिन थाल्छ र निरन्तर १० वर्षसम्म दिइरहन्छ । हरेक रुखले २५० देखि ३५० सम्म सौजुन स्टिक दिन्छ र यो रुखले निरन्तर दुई बाली दिनसक्छ । २५ देखि ३० सेन्टिग्रेट तामक्रम सौजुनका लागि उपयुक्त मानिन्छ । सितलचिनी एक त्यस्तो खेती हो, जुन थोरै लगानीमा धेरै आम्दानी दिने बहुआयामिक वनस्पति हो। सितलचिनी जीवन जोगाउने रुख भनेर पनि चिनिन्छ । यो वनस्पति तराई तथा मध्यपहाडमा सजिलै खेती गर्न सकिन्छ । सिजनमा ८० रुपैयाँ किलो र अफसिजनमा ३०० देखि ४०० रुपैयाँसम्म काठमाडौंमा सितलचिनी बिक्री गरिन्छ ।

के–के बनाउन सकिन्छ सजिवनबाट ?

सितलचिनीबाट भारतमा १२५ भन्दा धेरैथरीका परिकार तयार गरिन्छ । दक्षिण भारतमा यो सब्जी अति नै मह्त्वका साथ दैनिक भोजनमा समावेश गरिएको पाइन्छ । यसका परिकार फुटपाथदेखि पाँचतारे होटलसम्ममा भिन्नभिन्न रुपमा पस्किने गरिन्छ । नेपालमा भने कलिलो सजिवनको कोसालाई आलुमा मिसाएर तरकारी बनाउने चलन छ । भारतमा सितलचिनीको ग्रेभी, सुप, सलाद, सम्बार, सितलचिनी मसला, अचार र दालमा मिसाएर खाने चलन छ ।

सितलचिनीको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ । पातलाई सुकाएर हर्बल टीको रुपमा पनि प्रयोग गरिन्छ । त्यस्तै सितलचिनीलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन व्यापक प्रयोग गरेको पाइन्छ । वास्तवमा सितलचिनीलाई सब्जीको राजा नै मानिन्छ । सितलचिनीको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ ।

यस्ता छन् २० गुण

१. सितलचिनी या सितलचिनीको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ ।
२. हड्डी मजबुत बनाउन भूमिका खेल्छ ।
३. कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
४. उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ ।
५. रुघाखोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ ।
६. गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
७. छालासम्बन्धी संक्रमणबाट जोगाउँछ ।
८. सितलचिनी पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ ।
९. सितलचिनीको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ ।
१०. सितलचिनीले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ ।
११. सितलचिनीको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ ।
१२. सितलचिनीको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ ।
१३. सितलचिनीको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ ।
१४. कलेजो खराब हुनबाट जोगाउँछ ।
१५. चोटपटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ ।
१६. छालाका लागि सितलचिनीको पत्ता उपयोगी मानिन्छ ।
१७. सितलचिनीको तेल कपालका लागि उत्तम मानिन्छ ।
१८. मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
१९. शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ ।
२०. पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्दा मद्दत पुर्याउँछ ।

 

प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     1:38:38 PM

Tara Chapagain

See all posts by