१५ औ असारे रोपाई महोत्सवमा रमाए पर्यटक(फोटो फिचर)

पोखरा १५ असार ,

असार १५ अर्थात धान दिवसको अवसरमा पोखरामा आयोजना गरिएको १५ औ असारे रोपाई महोत्सवमा आन्तरीक र बाह्य पर्यटक रमाए ।

 

पोखरा पर्यटन परिषदले विगत १५ वर्षदेखि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रोपाई महोत्सव गदै आएको छ । शुक्रबार पोखराको पर्यटकीय क्षेत्र पामेमा आयोजना गरिएको महोत्सवमा पर्यटक रमाएका हुन् ।

 

‘हरियो डाडाँमाथि हलो जोत्ने साथी’जनकवि केशरी धर्मराज थापाको यो कालजयी गीतलाई फेरी एकपकट स्मरण गदै पर्यटकलाई दही र चिउराले स्वागत गर्न पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २४ पामेका स्थानीयहरु ब्यस्त थिए । टपरीमा दही रोटी र चिउराको स्वाद अनि हिलोमा खेलेर पर्यटक रमाएका थिए ।

 

हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आईएको महोत्सव यस पटक पामेमा आयोजना गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । नेपाली किसानका लागी मानो रोपेर मुरी उब्जाउने चटारो भएपनि नेपाली संस्कृतिका बारेमा पर्यटकलाई जानकारी गराउदै पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो अध्यक्ष शर्माको भनाई थियो ।

 

खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुदैँ पर्यटक दही र चिउराको स्वादमा नाच्दै नेपाली संस्कृतीमा रमाए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भएका थिए ।असारे रोपाई महोत्सवको लागी भनेर विभिन्न देशका पर्यटक सहभागी भएका थिए  ।

प्रकाशित मितिः शुक्रबार, असार १५, २०७५     6:14:55 PM

Tara Chapagain

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *