इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम बन्यो समूह विजेता

विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेता बनेको छ । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा बेल्जियमले निर्णायक गोल ग¥यो । एड्नान जानुजाले ५१ औं मिनेटमा गोल गर्दै टोलीलाई विजयी बनाए । दुवै टोली यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए । बिहीबार रातिको खेल समूह विजेताको लागि थियो । अब नकआउट चरणमा बेल्जियमले जापानसँग र इंग्ल्यान्डले कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छन् । कोलिम्बया समूह एचको विजेता र जापान उपविजेता हुन् ।

 

प्रकाशित मितिः शुक्रबार, असार १५, २०७५     9:07:48 AM

Ganesh Pahari

See all posts by