एक दिने मुख तथा दन्त स्वास्थ्य अभिमुखिकण तालिम सम्पन्न”

कान्तिपुर डेन्टल हस्पिटलको १८ औं तथा कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसको १३ औं बार्षिकोत्सवको अवसरमा आयोजित एकदिने “मुख तथा दन्त स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम” शेरा जागृति आमा समुह पो.ले.म.न.पा १७ बिरौटाको आमा समुहमा सञ्चालन गरिएको थियो । जुन कार्यक्रम आमा समुहकी अध्यक्ष बिष्णुमाया पौडेलको अध्यक्षता तथा आमा समुहकी उपाध्यक्ष तथा कान्तिपुर डेन्टल हस्पिटल तथा कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा लाइबे्ररीयन पदमा कार्यरत लक्ष्मी अर्यालको संयोजकत्वमा गरिएको थियो ।

कार्यक्रमको सभापतित्व यसै सस्थाका हस्पिटल इञ्चार्ज डा. नेहा ढकालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन डेन्टल हाइजिनिष्ट मोहन कोइराला र लेखापाल शुसिला वाग्लेले गर्नुभएको थयिो । उक्त कार्यक्रममा मुख तथा दन्त स्वास्थ्य स्वास्थ्य सम्बन्धि तालिम प्रशिक्षण बरिष्ठ डेन्टल हाइजिनिष्ट दशमी गुरुङ्गले दिनुभएको थियो उक्त कार्यक्रममा ब्रसिङ टेक्निक, मेशिनद्धारा दाँत सफा गर्दा हुने फाइदाहरु, मुख तथा दाँतमा समस्या हुदाँ लाग्ने रोगहरु र त्यसबाट बच्ने उपायको बारेमा जानकारी दिनुभयो ।

संस्थाको बारेमा यसै संस्थाका प्रशासकिय प्रमुख सीता श्रेष्ठ ज्युले जानकारी दिनुभएको थियो भने आमा समुहकी अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि बिष्णुमाया पौडेलले कार्यक्रमको बारेमा बोल्दै मुख तथा दन्त स्वास्थ्यमा सबैले ध्यान दिनुपर्ने तथा मुख तथा दाँत स्वस्थ भएमा सारा शरिर र जीवनशैली नै स्वस्थ रहने कुरा प्रष्ट पार्नुभएको थियो साथै आमा समुहकी सचिव तथा कार्यक्रमको बिशेष अतिथि गंगा कुमारी शर्माले पनि कार्यक्रमको बारेमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रम समापनपछि आमा समुहका सम्पुर्ण सदस्यहरुको मुख तथा दाँतको निशुल्क परिक्षण गरिएको थियो ।

प्रकाशित मितिः सोमवार, माघ १५, २०७४     8:44:28 PM

Tara Chapagain

See all posts by