प्रान्तिय सरकार र मन्त्रीमा एमाले-माओवादीविच भागबण्डा मिल्यो, हेर्नुहोस् कसले के पायो

 

काठमाडौं, माघ १४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रान्तीय सरकार र सभामुख उपसभामुखको भागबण्डा टुंग्याएका छन् । उनिहरुले सरकार र सभामुखमा ७० र ३० को अनुपातमा भागबण्ड गरेका छन् । एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कार्यदलको बैठकले उक्त अनुपातका सरकार गठन गर्ने सहमति गरेको हो ।

सहमति अनुसार मुख्यमन्त्रीमा एमालेले चार र माओवादीले दुई प्रदेश पाएका छन् भने सभामुख पनि सोही सख्यामा बाडफाड गरेका हुन् । प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेको हुनेछ भने ६ र ७ को माओवादीले लिने निर्णय गरेको छ । त्यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमाले हुने र प्रदेश ४ र ५ को सभामुख माओवादीको हुने पनि सहमति भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

त्यस्तै उपसभामुखमा प्रदेश ४ र ५ एमालेले लिने र १, ३, ६ र ७ माओवादीले लिने भएको छ । कार्यदलका सदस्य सुरेन्द्र पाण्डेका अनुसार प्रान्तीय सरकारको मन्त्रिपरिषदको सदस्य संख्या भने ७ देखि बढिमा ११ जनाको मात्र हुनेगरी निर्णय गरिएको छ । थोरै संख्या भएको प्रदेशमा ७ र धेरैमा सख्या भएको प्रदेशमा बढिमा ११ जना हुनेगरी मन्त्रिपरिषद् गठन गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो ।

त्यसैगरी प्रान्तीय संसदका बिभिन्न सिमितहरुको सभापतिहरु एमालेले ७० प्रतिशत र माओवादीले ३० प्रतिशत लिने तय भएको छ । यही अनुपात मन्त्रिपरिषद्का सदस्यहरुको पनि रहने छ। समितिका सभापतिहरु र मन्त्रिपरिषद्का सदस्यहरुको पोर्टफोलियो छान्ने काम भने मुख्यमन्त्री र प्रदेशसभाको संसदीय दलको नेताले छलफल गरेर तय गर्ने पनि सहमति भएको पाण्डेले जानकारी दिनुभयो ।जनताटाइम्सबाट

प्रकाशित मितिः आइतवार, माघ १४, २०७४     7:59:32 PM

Tara Chapagain

See all posts by