मापदण्ड विपरित घर बनाउने क्रम रोकिएन, मापदण्ड विपरित घर बनाउने महानगरको नोटिसमा रहेको ः मेयर जिसी

उमा आलेमगर
पोखरा, १४ माघ

पछिल्लो क्रममा मापदण्ड विपरितका घर बनाउने क्रम बढेर गएको छ । महानगरले जति ताकेता गरे पनि मापदण्ड विपरित घर बनाउने प्रक्रिया रोकिएको छैन् । केही ठाउँमा महानगरले मापदण्ड विपरितका संरचना हटाउने कार्य गरे पनि वास्तविक समस्या भने यथावत् रहको छ । पोखरा लेखनाथ महानगरपालिकाका प्रशासकिय अधिकृत दिर्घनारायण पौडेलले मापदण्ड विपरित बनेका संरचनालाई निश्चित समय दिएर भत्काउन सुचना दिने यदि अटेर गरेमा कारवाहीको दायरामा ल्याउने बताए पनि मापदण्ड विपरित संरचना निर्माण हुने क्रममा कमी आएको छैन् । अझै पनि महानगरपालिको आँखा छलेर नियम विपरित घरहरु धमाधम बनिरहेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा वर्षेनी ४ हजार २ सय ३३ घरहरु निर्माण हुन्छन् । त्यसमध्ये स्थायी ४ हजार ७३ रहेका छन् भने अस्थायी ३ हजार ४ सय ९९ रहेको महानगरपालिका घर नक्शा शाखाका अधिकृत चन्द्रावती वाग्लेले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यसवर्ष आश्विन महिनामा मात्र ४ सय ७ घर निर्माण सम्पन्न भएका छन् । त्यसमध्ये ३ सय १४ स्थायी र २ सय ४२ अस्थायी रहेका छन् ।

शहरीकरण र जनघनत्वको चापले घर निर्माण गर्ने क्रम बढेको छ । पोखरा लेखनाथ महानगरपालिकामा पनि दिनप्रतिदिन घरको संख्या बढ्दै छन् । तर हतार र मापदण्ड विपरित घर निर्माण गर्दा सर्वसाधारणको सुरक्षामा प्रश्न चिन्ह्र खडा भएको छ । २०७२ साल वैशाख १२ गते भएको विनासकारी भूकम्प पछि घरको निर्माण बलियो हुनुपर्छ भनेर सबैले पाठ त सिके तर व्यवहारमा लागु हुन सकेन् । त्यो भूकम्प पश्चात महानगरपालिकाले घर निर्माण गर्दा आवश्यक प्रक्रियामा कडाई त ग¥यो तर अझै व्यवहारमा लागु नभई दिदाँ चिन्ताको विषय भएको छ भने शहरको सुन्दरतामै गम्भीर असर परेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं। ५ पस्र्याङ्गमा दुई ठाउँमा नियम विपरित र मापदण्ड विपरित घर बनिरहेको छ । स्थानियले त्यसबारे माहानगरलाई बारम्बार जानकारी गराएर निवेदन दिए पनि महानगरले वास्ता नगरेको स्थानियको गुनासो छ । तर महानगरका प्रशासकिय अधिकृत पौडेलले भने जानकारीमा आए सम्म र पहुँचले भ्याएसम्मको नियम विपरित निर्माण गर्न लागेको संरचना निर्माणमा रोक लगाइएको बताउँछन् । मापदण्ड विपरित संरचना बनाउन कही कसैलाई छुट नभएको र नियम विपरित संरचना महानगरले बनाउन नदिने पौडेलले प्रतिवद्धता जनाए । यस विषयमा महानगरका वरिष्ठ ईञ्जिनियर सुरेन्द्र पाण्डेलाई सम्पर्क गर्दा आफुसम्म त्यो जानकारी नआएको बताए ।

यस्तै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पस्र्याङ्गमा मादपण्ड विपरित संरचना बनेको स्थनियको जुन गुनासो छ त्यसलाई महानगरले सुनुवाई गर्ने बताए । अहिले महानगर फुटपाथमा गरिने सवारी पार्किङ्गलाई हटाउने अभियानमा लागेकोले महानगरको ध्यान त्यसमै केन्द्रित भएको बताए । तर मापदण्ड विपरित संरचना निर्माण गर्ने महानगरको नोटिसमा रहेकोले महानगरले ठोस कदम चाल्ने बताए ।

महानगरपालिकाभित्र बन्ने कुनै पनि पूर्वाधारहरु यदि महानगरपालिकाको अनुमतिविना बनेका छन् भने त्यसलाई महानगरपालिकाले आधिकारिकता दिन मिल्दैन र महानगरले दिदाँ पनि नदिने जिसीले बताए । यदि कसैलाई उपयुक्त लाग्छ भने महानगरमा आएर अनुमति लिएर गएर आफ्नो सम्पत्तिको सुरक्षा आफैले गर्न महानगरका नगरवासीहरुलाई जिसीले आग्रह गरेका छन् । यदि कसैले स्विकृतविना पूर्वाधार निर्माण गरेमा महानगरले त्यसलाई हटाएर छाड्ने मेयर जिसीको भनाई थियो । मानवजन्य कारण अर्थात् मानिसले गरेका विभिन्न गतिविधिका कारणहरुले गर्दा पोखराको सौन्दर्यलाई कुरुप बनाउने काम भएको छ, त्यसैले यहाँभन्दा कुरुप हुन नदिन महानगरपालिका योजनावद्ध ढङ्गले अगाडी बढी रहेको जिसीले जानकारी दिए । महानगरको बाटोदेखि, नालाको संरक्षण, संवद्र्धन र व्यवस्थापन गर्नुपर्ने, मापदण्डहरु निर्धारण गर्नुपर्ने लगायतका धेरै कुराहरु बाँकी रहेका छन्, यी बाँकी कुराहरुलाई व्यवस्थापन गर्दै अगाडी लिएर जानको लागि निश्चित एउटा आधार बनाएर काम गरिरहेको उनले बताए ।

प्रकाशित मितिः आइतवार, माघ १४, २०७४     12:41:03 PM

Tara Chapagain

See all posts by