टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमीले कोचिङको व्यवस्था गरेका हो । त्यसका लागि गौचनसँगैं फनरुट्सका मालिक जुन हिरानो र जे लिगका पूर्व खेलाडी ताकेशी तोकाइरिन आइतबार नेपाल आउने छन् । काशिवा रेयसोलबाट जे लिग खेलेका तोकाइरिन एयरफोर्स टोकियोका पूर्व प्रशिक्षक हुन् ।
उनले र गौचनले पोखरामा चलिरहेको आहा रारा गोल्ड कपको क्रममा बुधबार कोचिङ कोर्ष सन्चालन गर्नेछन् । क्लिनिकमा इच्छुकले सहभागि हुन पाउने गौचनले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । तोकाइरिन अहिले विश्व विधालय फुटबलको प्रशिक्षणमा बढी सक्रिय छन् ।
सोही क्रममा अर्को वर्ष हुने आहा रारा गोल्ड कपमा जापानको विश्व विधालय टिम ल्याउनका लागि जापानी अतिथिद्वयले भौतिक पूर्वाधार लगायतका विषयमा निरिक्षण गर्ने गौचनले जनाए ।कोपा पुमा टोरेरोज फेस्टिभलमा सहभागिता जनाउने नेपाली युवा टोलीको छनोट पनि सोही अवसरमा गरिने गौचनले बताए ।