७ बुदे घोषणापत्रजारी गर्दै सामुदायिक रेडियोहरुको राष्ट्रिय भेला सम्पन्न

पोखरा १३, माघ ।।
सकारात्मक सामाजिक रुपान्तरणअभियान सञ्चालनगर्नेमा सहमतिजनाउँदै सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनपोखरामा सकिएको छ । सामुदायिक रेडियो प्रसारक संघ, अकोराबको आयोजनामाहिजोदेखि पोखरामा सम्मेलन सुरु भएको थियो । सम्मेलनले जारी गरेको ७बुँदे घोषणापत्रमा ‘घरघरमा रेडियो, जनजनमाखवर, सुसूचित र जिम्मेवार नागरिक समृद्ध नेपालको आधार’ भन्ने नाराकासाथ सकारात्मक सामाजिक रुपान्तरणअभियान सञ्चालनगर्ने प्रतिवद्धताजनाइएको छ ।

सम्मेलनले महिलातथापछाडिपारिएका समुदायको सहभागिता र नेतृत्व सुनिश्चितगर्न सबै रेडियोले नीतिगत रुपमा नै आवश्यकपहलगर्ने प्रतिवद्धताजनाएको अकोराबकाअध्यक्ष सुवास खतिवडाले बताउनुभयो । वालविवाह, दाइजोप्रथा, छाउपडी, छुवाछुत, बोक्सी, सामाजिकविभेद र कुरितिको अन्त्यकालागि सामुदायिक रेडियो प्रसारक संघमार्फत सञ्चालनभइरहेको अभियानलाई निरन्तरतादिनेमा सहमतिजनाउँदै थपकार्यक्रम सञ्चालनगर्नेमापनि सहमतिजनाइएको छ । समुदायको विपद्सँग जुध्न सक्ने क्षमताअभिवृद्धिकालागिप्रभावकारी भूमिकानिर्वाह गर्ने प्रतिबद्धतापनि सामुदायिक रेडियो प्रसारक संघ, नेपालको १३ औं वार्षिक साधारण सभातथा राष्ट्रिय सम्मेलनले व्यक्त गरेको अकोराबकामहासचिवगोविन्द देवकोटाले जानकारी दिनुभयो ।

संघीयमामिलातथा स्थानीयविकास मन्त्रालयले एफएम रेडियो व्यवस्थापनतथा सञ्चालनकार्यविधीमार्फत एफएम रेडियोको प्रसारणइजाजत, नविकरण, समन्वय, अनुगमनलगायतकाविषयलाई व्यवस्थितगर्न स्थानियतहलाई जिम्मादिएको असहमतिजनाउँदै सम्मेलनले मन्त्रालयको उक्तकार्यविधियथाशीघ्र खारेज गर्न माग गरेको छ । सामुदायिक रेडियो प्रसारकहरुको सहभागितामाकार्यविधीनिर्माणगर्न पनिपोखरा सम्मेलनले माग गरेको छ । स्थानीयतह र सामुदायिक रेडियोहरुबीचको सहकार्यकालागि स्पष्टनीतिबनाई सबै तहमा परिपत्रगर्न, समानुपातिकविज्ञापननीतिकार्यान्वयनकालागि सर्वोच्चअदालतले निर्देशनदिदा समेत कार्यान्वयननभएकाले तत्कालविज्ञापननीतिकार्यान्वयनगर्न पनि सामुदायिक रेडियोहरुले माग गरेकाछन् ।

सञ्चार मन्त्रालयले संगीत रोयल्टीविवादकानाममाएफएम रेडियोहरुको इजाजतपत्रनविकरण एक पक्ष्ीायढंगले रोकेको निर्णयप्रति देशभरका रेडियोहरु गम्भीर असहमतिप्रकट गरेकाअकोराबकावरिष्ठउपाध्यक्षअर्जुन गिरीले बताउनुभयो । ‘यो सम्मेलन, रोकिएका रेडियोहरुको नविकरणप्रक्रियातत्काल र विना सर्त खुल्लागर्न मागगर्दछौं ।’ वरिष्ठउपाध्यक्षगिरीले भन्नुभयो । ‘वालबिवाह, दाईजोप्रथा, छाउपडी, छुवाछुत, वोक्सीलगाएत समाजमाविद्यमानकुरितिएवं विभेदको अन्त्यकालागि सामुदायिक रेडियोहरुको निरन्तर अभियानमा सहकार्यकागर्न सरोकारवालानिकायतथा स्थानीयतहलाई आग्रहगर्दछौं ।’ देशको प्रसारण क्षेत्रलाई व्यवस्थितबनाउन र सामुदायिक रेडियोहरुको दिगोपना र संस्थागतविकासकालागि सामुदायिक रेडियो मैंत्रीनीतीनिर्माणगर्न सरकारसँग सम्मेलनले माग गरेको छ । मुलुकको सबै क्षेत्रमा सामुदायिक रेडियोको प्रसारण रहेको विद्यमानअवस्थामा स्थानीय सरकार र सुरक्षानिकायसमेत स्वयम् रेडियो सञ्चालनतर्फ उन्मुखभएकोमा सम्मेलनले गम्भीर ध्यानाकर्षणभएको जनाएको छ । सम्मेलनमामुलुकभरमा सञ्चालनभएका २ सय ८० सामुदायिक रेडियोहरुको सहभागिताथियो ।

प्रकाशित मितिः शनिबार, माघ १३, २०७४     7:06:08 PM

Tara Chapagain

See all posts by