मिस एन्जलको तयारी तिव्र, प्रतियोगीको फोटो सुट सम्पन्न

पोखरा, १३ माघ

प्रथम मिस एन्जल पोखराकोे तयारी तिव्र पारिएको छ । ड्रिम्स् फेशन हाउस पोखराको प्रस्तुतिमा आयोजना हुन लागेकोे प्रतियोगिताको तयारी तिव्र पारिएको इभेन्ट संयोजक सपना तिवारीले जानकारी दिएकी हुन् ।

मिस एञ्जल्स पोखरा २०७४ को लागि विभिन्न जिल्लाका १५ जना अविवाहित युवतीहरुले प्रतिष्पर्धा गर्दै छन् । सहभागीहरुमा पवित्रा थापा, निरु थापा मगर, सजना तिवारी, अल्पिना गुरुङ, मिना नेपाली, विनिसा ढकाल, रुवीया जोशी, प्रकृती श्रेष्ठ, कृति श्रेष्ठ, तुलसी महोत्त, सविना क्षेत्री, विनाता गोदार, सिर्जना पौडेल र सुस्मीता तिवारी रहेका छन् । युवतीको बौद्धिक सुन्दरता, नेतृत्व विकास र सामाजिक उत्तर दायित्व भन्ने आदर्शलाई आत्मसाथ गर्दै विभिन्न संघसंस्थाको आयोजनामा गरिएको इभेन्ट संयोजक तिवारीले जानकारी दिईन् ।

सहभागीहरुलाई व्यतित्व तथा नेतृत्व विकास, बोल्ने कला, संस्कार र संस्कृति, विभिन्न खेल, तथा अभिनय कला लगायतका विभिन्न विद्यामा विज्ञबाट प्रशिक्षण दिईने ड्रिम्स् फेशन हाउस पोखराका सल्लाहकार गोविन्द तिवारीले बताए । प्रतियोगिताले युुवतीको लुकेको—दवेको आवाज र अन्तरनिहित प्रतिभालाई प्रोत्साहन गर्न जोड दिने तिवारीको विश्वास छ ।दुई महिने लामो तालिमको कोरियोग्राफर ओशिर राई हुन ।

यसैबिच प्रतियोगीहरुको फोटो सुट सम्पन्न भएको छ । फोटो सुटमा प्रतियोगीहरु विभिन्न भेषभूषमा सजिएर फोटो सुट गरेको जुरी टिम संयोजक, कवि तथा लेखक प्रकाश अधिकारीले जानकारी दिए । मिस एन्जल पोखरा २०७४ का अध्यक्ष देवेन्द्र एस।के। ले प्रतियोगिताले युुवतीको लुकेको—दवेको आवाज र अन्तरनिहित प्रतिभालाई प्रोत्साहन गर्न जोड दिने बताए । उनले मिस एन्जल पोखराको विजेताले मिस नेपालमा सहभागी हुन पाउने बताए ।

मिस एञ्जल्स पोखराको ग्राण्ड फिनाली आगामी माघ २० गते पोखरा सभागृहमा हुने छ भने विजेताले नगद ५० हजारको साथमा क्राउन र विभिन्न पुरस्कार तथा अवसरहरु प्राप्त गर्नेछन् । त्यसैगरि उपविजेता र विद्यागत विजेताहरुले नगद सहित क्राउन, विभिन्न पुरस्कार र अवसरहरु पाउने जनाईएको छ । ईभेन्टबाट मुनाफा भएको ५० प्रतिशत रकम सडकबालबालिकाको लागि खर्च गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, माघ १३, २०७४     1:51:27 PM

Tara Chapagain

See all posts by