नेपालकै पृथक र ठुलो नेपाल म्युजिक अर्वाड २०७५ हुने

चाहाना मिडीया प्रा. लि नेपालकै ठुलो र पृथक म्युजिक अवार्ड गर्ने भएको छ । सांगीतिक क्षेत्रको बिकास बिस्तार सगै जातजाती भाषाभाषी को गीतहरुलाइ पनि समावेश गरि स्रष्टा र सृजनालाइ सम्मान, प्रोत्साहन र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले नेपाल म्युजिक अवार्डको आयोजना गरेको नेपाल म्युजिक अवार्डका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । उनले भने , अन्य अवार्ड भन्दा पृथक र ठुलो छ , “यस्ले आर्थिक अभावका कारण आफनो प्रतिभा लुकाएर बसेका मेहेनती सिर्जनशिल संगीतकर्मिलाइ अगाडी बढन् प्रोत्साहन गर्नेछ, ” पछिल्लो समयमा लोकसंस्कृतिमा लोकप्रियता बढे सगै बिकार स बिकृति थपिदै गएकोले प्रतिभाशाली कलाकारलाइ निरुत्साही बनाएको बताउदै यस अवार्डले हौसला प्रदान गर्ने बताए ।

अवार्ड कार्यक्रममा बिभीन्न बिधामा ४२ संगीतकर्मीलाइ अवार्ड प्रदान गर्नुको साथै राष्ट्रकवि माधव प्रसाद घिमीरेलाइ ५१ हजार १ सय ११ रुपैया सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड, बरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेलाइ नगद ११ हजार १ सय ५१ सहित बरिष्टलोक गायकको रुपमा सम्मान गरिने , प्राज्ञ एवं वरिष्ठ गायिका हरिदेवी कोइराला तथा लोकसंस्कृतिमा कलम चलाउने २ जना पत्रकारलाइ पनि सम्मान बिशेष सम्मान गरिने आयोजकले जनाएको छ ।

अनलाइन ,भोटिङ,एसएमएस र जजको निष्पक्ष बिवाद रहित तरिकाले छनोट गरिने आयोजकले बताए । चाहाना मिडीया ले गर्न लागेको यस कार्यक्रममा ५० देखि ६० लाख खर्च लाग्ने , यो सबै रकम संघ संस्था प्रायोजक , आवेदन बाट ब्यावस्थापन गरिने अध्यक्ष कोइरालाले जानकारी दिए । अवार्ड कार्यक्रम बैशाख १५ गते होटल अन्नपुर्ण काठमाडौमा हुने उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, माघ १२, २०७४     7:44:08 PM

Tara Chapagain

See all posts by