चिनिया राजदूत पोखरामा

पोखरा विमानस्थलको अतिविष्ट कक्षमा राजदुतलाई स्वागत गरेकी हुन् । स्वागत लगत्तै राजदुत यु होङले बेगनासतालको अवलोकन गरिन् । उनले बेगनास अवलोकन गदै पोखरा पर्यटनका लागी प्रचुर सम्भावना बोकेको शहर भएको बताइन् । उनले पर्यटकीय क्षेत्रहरुमा पूर्वाधकार विकास गर्नसके आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताइन् । उनले पोखरामा आउने आन्तरीक र बाह्य पर्यटक बारे चासो दिएकी थिइन् ।

उपमेयर गुरुङले पोखरा प्राकृतिक छटाले भरिपूर्ण शहर भएको बताउदै यहाँ प्राकृतिक सम्पदाको संरक्षका आवश्क रहेको बताइन् । चिनिया नयाँ वर्षको उपलक्ष्यमा पोखरामा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । शुक्रबार हुने ‘द स्प्रिङ फेस्टिभल २०१८’ मा सिचुवान प्रान्तको साँस्कृतिक समूहले आफ्नो प्रस्तुति दिने नेपाल चीन जनमैत्री संघ पोखराले जनाएको छ ।

पछिल्लो समय पोखरामा चिनिया गतिविधी ह्वात्तै बढेको छ । केही समय अगाडि यहाँको पोखरा उद्योग वाणिज्य संघको हलमा चिनिया फोटाहरु समेत प्रदर्शन गरिएको थियो । चीनको सम्वृद्धि, सँस्कृति र विविधता झल्कने ५८ वटा तस्बिरहरु प्रदर्शनमा राखिएका थिए । चीनको एक्जिम बैंकको ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढिरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १२, २०७४     6:55:52 AM

Tara Chapagain

See all posts by