काठमाडौं, माघ १० – राष्ट्रियसभा सदस्यको माघ २४ गते हुने चुनावका लागि ८३ जना उम्मेदवारबाट बुधबार मनोनयनपत्र दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
निर्वाचनका लागि प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर २ मा नौ, प्रदेश नम्बर ३ मा १७, प्रदेश नम्बर४ मा १२, प्रदेश नम्बर ५ मा ११ प्रदेश नम्बर ६ मा १२ र प्रदेश नम्बर ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्यको चुनावका लागि उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र तोकिएको छ । राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने चुनावका लागि दुई हजार ५६ जना मतदाता कायम गरेको छ । उज्यालोअनलाइनबाट