फेवा ताल संरक्षण मेरो अजुर्न दृष्टि हो ःसांसद पाहारी

माघ १० ,पोखरा
कास्कीबाट प्रदेश न ४ का सांसद एबम युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पाहारिले फेवा ताल संरक्षणको गर्नु आफनो अजुर्न दृष्टि रहेको बताएका छन् । प्रदेश चारको पर्यटन र समग्र बिकाशको आशा र भरोशाको रुपमा रहेको फेवा ताल अब कुनै पनि वहाना र प्रपंचको खेलमा पर्न नदिने भन्दै उनले अब आफु ज्यान फालेर भएपनि सो तालको आकार बढाउँन लागि पर्ने उनले बताए ।

पाहारीले बुधबार पोखरामा बिशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो कुरा बताएका हुन् ।. फेवातालको आकार बढाउने काम सपथ लिएको एक हप्तामा शुरु गर्ने बताएका पहारीले केहि पेपर र कानुनी प्रक्रिया शुरु भएको भन्दै अब कुनै कसर बाकी नराखी स्थानीय तह ,प्रदेश सरकार र केन्द्रीय सरकारसंगको सहकार्यमा सरोकारवाला निकायको सहभागितामा अब पहिलेकै फेवाताल पहिलेकै क्षेत्रफल सम्म बनाउने बताए उनले अब हुने प्रदेश संसद्को पहिलो बैठकमा आफुले फेवाताल संरक्षण सम्बन्धि अति जरुरी सार्बजनिक महत्वको प्रस्ताब दर्ता गर्ने भन्दै सो प्रस्ताब दर्ता पछी अझ बढी काम गर्ने फराकिलो बाटो बन्ने बताउदै कुनै राजनीतिक एबम अन्य आग्रह पूर्वाग्रह बिना सो कार्य सम्पन्न गराएरै छाड्ने उनको जिकीर छ । उनले भने ,जनताको सेबक हु ,कसैको व्यक्तिगत स्वार्थ आफ्नो लागि गौण भएको र त्यो भन्दा माथि अधिक जनताको आशा र बिश्वासनै आफ्नो मुख्य लक्ष्य भएको भन्दै उनले कसैको डर धम्कि आए त्यसलाइ परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः बुधबार, माघ १०, २०७४     7:01:29 PM

Tara Chapagain

See all posts by