१६ औं आहा रारा गोल्डकप सुरु, उद्घाटन खेलमा सुदुर पश्चिम–११ बिजयी (फोटो फिचर)

सुशान्त गाहा मगर, पोखरा ९ माघ ।

सहारा क्लब पोखराको आयोजनामा मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता १६ औं आहा रारा गोल्डकप आजबाट सुरु भएको छ ।पोखराको रङ्गशालामा सञ्चालन भएको प्रतियोतिाको उद्घाटन खेलमा सुदुर पश्चिम–११ ले आयोजक टिम साहरा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अधिल्लो चरणमा प्रबेश गरेको छ 

प्रतियोगिताको बिधीगट उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसिले सो प्रतियोगिताबाट गुणस्तरिय खेलाडी उत्पादन गर्नमा मद्दत पुग्नुका साथै मोफसलमै राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरेर महानगरकै गौरब बढाएको बताए ।ले भने “पोखरा क्षेत्रलाई खेलकुदको केन्द्र बनाउनका लागी र हाई अल्टिचिउडसम्मका खेल खेल्न सकिने गरी महानगर मास्टर प्लान सहित अगाडी बढिरहदा आहा रारा गोल्डकफले थप टेवा पु¥याएको छ ।”मेयर जिसिले आगामी दिनमा महानगरपालिकाको तर्फबाट साहराले आयोजना गर्ने खेलकुदको प्रबद्र्धनका लागी सदैब सहयोग गर्न तयार रहेको समेत बताए ।

सम्पन्न उद्घाटन खेलमा सुदुर पश्चिम–११ का लागी पहिलो गोल प्रतियोगिताको २५ औं मिनेटमा धन बहादुर थापाले, ७८ औं मिनेटमा मनिराम चौधरीले दोस्रो गोल र राकेश हमालले खेलको ९० औं मिनेटमा तेस्रो गोल गर्दै सुदुर पश्चिम–११ ले आयोजक टिम साहरालाई पराजित गरेका थिए ।

कुल १२ टिमको सहभागिता रहेको प्रतियोगितामा दोस्रो खेल बुधबार सिक्किम युनाईटेड क्लब र धरान फुटबल क्लब बिच प्रतिस्पर्धा हुने छ । आगामी २० गते सम्म सञ्चालन हुने १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको बिजेता टिमले नगद रु ७ लाख १ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद रु ३ लाख ५१ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तस्बिर :सुशान्त गाहा मगर  

प्रकाशित मितिः मङ्लबार, माघ ९, २०७४     7:35:36 PM

Tara Chapagain

See all posts by