जनताले महशुस गर्ने गरि काम गर्न समय लाग्छ : मेयर जिसी

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जनताले महशुस गर्ने गरि काम गर्न समय लाग्ने बताएका छन् । आफु मेयर बने पछिका सात महिनामा जनता संग जे बोलेका थियौ सोहि अनुसारको काम गरेको बताए । सात महिनासम्मको अबधिमा देखिने गरि काम गर्न नसकेपनि कामको शुरुवात गरेको बताए। उनले भने ,“ हामीले पहिलो काम सेवाग्राही र्मैत्री शुसाशन भनेका थियौ , अहिलेसम्म सन्तोष जनक बनाउन नसकेपनि पुर्वाधार बनाउदै र्छाै ,उनले “ यतिका वर्ष सम्म थिग्रीएर बसेको काम एकैपटक छु मन्तर बाचा गरेर नहुने ” बताएका छन् । झन्डै २० वर्ष स्थानीय तह रिक्त हुदा हाम्रा समस्या धेरै छन् काम देखिने र रिजल्ट आउने गरि जाने प्रयास भै रहेको जानकारी दिए ।

उनले सरसफाइको कुरालाइ पनि ब्यवस्थापन गर्दै आइल्याण्ड हटाउने ब्यवस्थापन गर्ने लगायतका कामहरु गर्दै अगाडी बढिरहेको जानकारी दिए । मापदण्ड बिपरित बनेका घरटहरा हटाउने , छाडाचौपाया ब्यवस्थापन गर्ने जस्ता कामहरु पनि भैरहेको बताए । सडक, खानेपानी को लागी पनि कुनै मास्टर प्लान नबनेको बताएका छन् उनले भने हामी अगाडी बढ्दै छौ , समस्या के छ बुझेर सबै कामहरु गर्न ५,१० जति वर्ष लागेपनि कार्यक्रम सहित निरन्तरता दिनेछौ ,उनले भने

प्राथमिकतामा ५ कुराहरु
नयाँ संरचनाअनुसार बनेको महानगर नयाँ गुरुयोजना बनाएर जनतासम्म पुर्याउने छौ । अहिले त्यही प्रयासमा छौँ, उनले भने, पर्यटन, सडक, भौतिक पूर्वाधार, पानी, शुद्ध खाने पानी र प्राकृतिक स्रोतको परिचालन लगायतका प्राथमिकतामा ५ कुराहरु पर्नेछन् ।
१. प्रविधिमैत्री सेवा
यतिबेला हामीले ३३ वटा वडामा इन्जिनियर राख्ने र जनताले नक्सामा ,समपन्न जस्ता आयोजनाको झन्झट वा महानगरमै धाउन नपर्ने ब्यवस्था मिलाउन लागेका छौ । महानगरवासीमा प्रविधियुक्त सेवाको अपेक्षा छ । पहिलो चरणमा ३३ वटा वडामा इन्टरनेट कसरी पुर्याउने र अनलाइनबाट दिने सुबिधा पेश गर्ने तयारी गरेको छ त्यो आइसकेपछि त्यसैमा रहेर मास्टर प्लान बन्नेछ । दाताहरुले सहयोग गर्ने योजना पनि छ । घरजग्गाको नक्सापास कम्तीमा वडामार्फत दिन सकियोस् ।इन्टरेटको पहुँच भएमा प्रत्येक वडाबाट जन्म दर्ता, मृत्यु दर्तादेखि किसानका हरेक तथ्यांक अपडेट हुनेछन, महानगरको कार्यालयमा वडामा महानगरले जति अधिकार दिने भनिएको थियो, त्यति दिन सकिएको छैन । जनशक्तिको अभाव कारण हो जनशक्ति र प्रविधि भएपछि कम शुल्कमा सेवा दिन महानगरको प्रयास छ । प्रविधिलाई जोड्न सकियो भने आउने आर्थिक वर्षदेखि ‘सिंहदरबारको अधिकार गाउँनगरमा’ भनेझैँ बनाउन सक्छौँ ।
२. उद्यमशीलता वा कृषिमा जोड
लेखनाथ महानगरलाई सुन्दर मात्रै हैन, यसलाई उद्यमीको शहर बनाइने योजना छ । उद्यमशीलतामा जोड दिने कुरामा पर्यटन प्राथमिकतामा पार्ने र पोखरालाइ उद्यमीहरूको शहर भनेर बिश्वमा चिनाउने जोड दिइनेछ । यो सर्गै कृषिमा पनि जोड दिने छौ ,त्यसका लागि पोखरा लेखनाथ महानगरका विभिन्न क्षेत्रलाई कृषि ‘पकेट’ क्षेत्रका रूपमा विकास गरिनेछ । निर्मलपोखरीलाई कफी र कृस्तिलाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिनेछ । आम्दानीको स्रोत बढाउन प्रयास गरिने छ । जसमा महानगरलाई आत्मनिर्भर बनाउने गरी कृषि उत्पादनलाइ जोड दिइने छ ।
३. शुद्ध पिउने पानी ,
नेपालको पर्यटकीय नगरीको रुपमा परिचित पोखरा पोहोर पानीको समस्याबाट छुटकारा पाउने भएको छ । पानीको मुख्य मुहानमा पर्ने सिदिङ, सैंतीघट्ट र खोराका नागरिकलाई शौचालय, कपडा धुने ठाउँ र शव दहन गृह बनाएर हस्तान्तरण गरेपछि अशुद्ध पानी प्रयोग गर्न बाध्य पोखरेलीहरुको समस्या हटने भएको छ । पिउनेपानीको मुख्य मुहान मर्दीखोलामा शुद्धिकरण परियोजना अन्र्तगत पहिलो चरणको काम सम्पन्न भए सगै अब पोखरेलीले हालको भन्दा केही शुद्ध पानी प्रयोग गर्न पाउने छन् । खानेपानी संस्थान, पोखरा–लेखनाथ महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा सुरु पानी शुद्धिकरण अभियान सुरु भएको छ । पानी मुहानदेखि चुहानसम्म पुग्ने पिउने पानीलाई शुद्ध बनाउनेछौँ ।
४. स्वच्छ सफा सुन्दर हरियाली पोखरा
पर्यटकीय नगर पोखरालाइ स्र्माट सिटी बनाउन संभाब्यता अध्ययन गर्ने गरि न्यू आइटि भेन्चर र नगरपालिकाले सम्झौता गरि सकेको र कमिटि बनाएर अगाडी पनि बढेको छ । फोहोरलाई मोहोर बनाउने अभियान पनि उद्योगको रूपमा विकास हुनेछ । उत्पादित फोहोरलाइ पुनः प्रयोगमा ल्याउने, जैविकलाई मलको रूपमा प्रयोग गर्ने योजना छ । फोहोरलाई आम्दानीको स्रोत बनाउने उद्योग सञ्चानमा जोड दिइनेछ । स्वच्छ सफा सुन्दर हरियाली पोखरा बनाउने अपेक्षा पूरा गर्न योजना बनाएरै महानगर लागेको छ ।
५. प्राकृतिक संरचना संरक्षण
फेवताल अतिक्रमण भएको छ । हामीले हटाउन निरत्तर कोशिस गरेको छौ । जग्गा वाला हाम्रो जग्गा भन्दै आएका छन् । तर आधिकारिक ब्याक्तिको सम्पति हो कि होइन बुझ्दै गएको र यदि ब्याक्तिको जग्गा हो भने कसरी उठाउने बिस्तृत अध्ययन भैरहेको छ । नयाँ संरचना बनाउन रोक लगाएको र अधिकार नलिइकन बनाइएका संरचनालाइ कार्यपालिकाको बैठक बाट सुचना जारी गरेर हटाउन लागीएको छ । यी बाहेक कृषि उत्पादन, गिटी बालुवा, वनजंगल, प्राकृतिक सम्पदा पर्छन् । यसलाइ जोगाउनु प्रमुख उद्धेश्य रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ ९, २०७४     5:42:46 PM

Tara Chapagain

See all posts by