उपकार बचत तथा ऋण सहकारी संस्थाको नबौ बार्षिकोत्समा रक्तदान तथा सरसफाइ कार्यक्रम

पोखरा ७ माघ
पोखरा लेकसाईड स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले नवौ वार्षिकोत्सवको अवसर पारेर रक्तदान तथा सरसफाइ कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सांसद माननिय राजिब पहारीले सहकारीको प्रगतीको कामना गर्दै रक्तदानले कसैलाइ जीबन दिन सकिने र मतदानले असल निति निर्माणमा टेबा पुग्ने भएकोले दुईबटा दान महत्वपूर्ण हुने बताए । उनले, प्रदेश न ४ कै पर्यटनको मुटु फेवाताल पुरिदै गएकोमा चिन्ता ब्यक्त गर्दै , अब बोली मात्रै हैन, कामले देश समृद्धितिर अघि बढ्ने बताउदै आफ्नो चुनाबी प्रतिबद्धता अनुसार फेवा ताल फराकिलो बनाउने काम अगाडी बढ्ने बताए ।

कार्यक्रम का बिशिष्ट अतिथि वडा नं ६ का बड़ा अध्यक्ष जगत बहादुर पहारीले उपकार सहकारीले सरसफाई, रक्तदान, आंखादान लगायतका थुप्रै सामाजिक कार्यहरू गर्दै आईरहेको बताउदै अन्य सहकारीले पनि उपकार सहकारी संग सिक्नु पर्ने बताए । रक्त संचार केन्द्र पोखराका संयोजक धुर्ब लामिछानेले रक्तदानको महत्वबारे प्रकाश पार्दै शरिरमा खेरा जाने रगतदान गर्नुपर्ने बताए । बार्षिकोत्सव अबसरमा सहकारी संस्थाका अध्यक्ष सुर्यनाथ पहारी र कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष बिजय पहारीले संयुक्त रूपमा पोखरा उपत्यका बृहत् सरसफाई अन्र्तगत कार्यक्रम लाई सहयोग स्वरूप केही थान ज्याकेट बृहत सरसफाइका संयोजक रामबहादुर पौडेल लाई हस्तान्तरण गरेका थिए

कार्यक्रममा टोल बिकास समन्वय समितिका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी वडा नं ६ का सभापति गिरिराज अधिकारी, राष्ट्रिय संम्पदाका अध्यक्ष तथा पोखरा उपत्यका सरसफाई कार्यक्रम का संयोजक रामबहादुर पौडेल, नागरिक समाज पोखराका कार्यवाहक संयोजक बिस्णुहरि अधिकारी , महिला समन्बय समिति संयोजक बिष्णु के. सी तथा साईनिडं स्टार बोडिडं स्कुलका प्र .अ अर्जुन प्रसाद पान्डे, शेयर सदस्य तुलसी दाहाल लगायतले  सहकारीले गरेका कामहरुका प्रसंशा गदै आफ्ना भनाई राखेका थिए । उक्त कार्यक्रममा जगदम्बा आमा समुह, प्रगति आमा समुह, अन्नपुर्ण आमा समुह संस्थाका सम्र्पुण संचालक समिति सदस्य, सल्लाहाकार ,समिति तथा उपसमिति सदस्य, उपकार बचतका शेयर सदस्य र शुभचिन्तक लगायतका ब्याक्तिहरूको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको थियो ।कार्यक्रम संयोजक तथा सहकारीका उपाध्यक्ष बिजय पहारीको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा सहकारीका सात सिद्धान्त सहसचिब कृष्णकुमारी घिमिरेले गरेका थिए । कार्यक्रम संचालन संस्थाका सचिब नारायण प्रसाद अधिकारीले गरेको थिए भने अन्य सदस्यहरूले स्वयमसेबकको भुमिका निर्वाह गदै कार्यक्रमलाइ सफल बनाउन मद्धत गरेका थिए ।

प्रकाशित मितिः आइतवार, माघ ७, २०७४     8:02:50 PM

Tara Chapagain

See all posts by