सपथ लगत्तै फेवा तालको आकार बढाउने काम एक हप्ता भित्र शुरु गर्ने राजिब पाहारिको घोषणा

माघ ७ ,पोखरा
कास्की निर्बाचन क्षेत्र न ३ ख बाट प्रदेश न ४ का सांसद राजिब पाहारिले सपथ लगत्तै फेवा तालको आकार बढाउने काम एक हप्ता भित्र शुरु गर्ने घोषणा गरेका छन। आफ्नो चुनाबी प्रतिबद्धता अनुसार आजको एक हप्तामा फेवा ताल फराकिलो बनाउने र सोका लागि स्रोत को खोजि भैरहेको भन्दै पाहारिले अब रफ्तारमा काम हुने बताए।

प्रदेश न ४ कै पर्यटनको मुटु फेवा बिस्तारै पुरिएकोमा चिन्ता ब्यक्त गर्दै उनले अब बोली मात्रै हैन व्यवहार र कामले देश समृद्धितिर अघि बढ्ने उनको भनाइ थियो। सपथ ग्रहण सके लगत्तै फेवा तालमा पुगेर सन्चारकर्मीहरु संग छोटो प्रतिक्रिया दिदै उनले सो कुरा बताएका हुन।
तालको संरक्षकत्व लिने भन्दै यसको संरक्षणका निम्ति खुलेका संस्थाहरु सबै सरोकारवालाहरु अब उठ्नु पर्ने भन्दै अब सो काम शुरु गर्ने पुर्ब तयारिमा रहेको जानकारी समेत दिए।

प्रकाशित मितिः आइतवार, माघ ७, २०७४     5:38:31 PM

Tara Chapagain

See all posts by