पोखरा महोत्सवमा गुमनाम गायिकाद्धय माया गुरुङ र उमा गुरुङ सम्मानित

पोखरा महोत्सवमा गुमनाम गायिकाद्धय माया गुरुङ र उमा गुरुङ सम्मानित गिता राना मगर, पोखरा ६ माघ । पोखराको अमरसिंह चौरमा जारी आठौ संस्करणको पोखरा महोत्सवमा चालिसको दशकमा चर्चित गायिका द्धय माया गुरुङ र उमा गुरुङलाई सम्मान गरिएको छ । वि.सं २०४५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी लोकदोहोरी प्रतियोगितामा प्रथम भइ गण्डकी अञ्चलको लोक संस्कृतीको उजागर गरी लोक संस्कृतीको संरक्षणमा विशेष योगदान पु¥याएको भन्दै महोत्सव आयोजक युनाइटेड क्लवले सम्मान गरेको हो ।

चालिसको दशकतिर चर्चामा आएको भएतापनि पछिल्लो समय गुमनाम अवस्थामा रहेका गायिकाहरुलाई क्लवले खोजी गरी सम्मान गरेको महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए । पुराना गायिका गुरुङ द्धयलाई सम्मान गरी लोक संस्कृतिलाई पुनर्जागरण गर्नुपर्छ भन्ने उद्देश्यले क्लवले खोजी गरी सम्मान गरिएको समेत गुरुङले वताए । सम्मान ग्रहण गर्दै माया गुरुङले आफुहरुले नेपाली लोक संस्कृती जगाउनका लागी चालिसको दशकदेखि लागी परेको भएतापनि पछिल्लो समय लोकसंस्कृतीमा बिकृति वढेकाले निकै दुख लागेको समेत वताइन । गुरुङले आफुले आफ्नो चर्चित गीत गाउ शहरमा लम्जुङ दरवार भन्ने गीत आफ्नै बास्तविक जीवनको गीत भएकाले निकट भविष्यमा एकल सांझ गर्ने धोको रहेको र त्यसका लागी सवैले सहयोग गरिदिन समेत आग्रह गरिन ।

पोखरा महोत्सवले स्थापना कालदेखिनै सामाजिक काम संगै लोक संस्कृतिको संस्कृतिको संरक्षणमा योगदान पु¥याएका ब्याक्तिहरुलाई खोजी गरी सम्मान गर्दै आइरहेको सन्दर्भमा आठौ संस्करणको महोत्सवमा चालिसको दशकमा चर्चा कमाउन सफल गायिका द्धय माया गुरुङ र उमा गुरुङलाई सम्मान गर्न पाउदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले वताए ।

सम्मान कार्यक्रममा महोत्सव आयोजक युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, प्रथम उपाध्यक्ष लालकाजी गुरुङ, द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, महासचिव राजु श्रेष्ठ, सचिव शान्त बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना तथा क्लवका सदस्यहरु तथा चर्चित लोकदोहोरी गायिका कोमल वली लगायतले सामुहिक रुपमा दोसल्ला, सम्मान पत्र, नगद, माला, खादा र अविरले सम्मान गरेका थिए । सम्मान पश्चात गायिका माया गुरुङ र उमा गुरुङले चालिसको दशकमा चर्चामा रहेको गाउ शहरमा लम्जुङ दरवार गीत प्रस्तुत गरी महोत्सवमा उपस्थित दर्शकहरुलाई चालिसको दशकको सम्झना दिलाएका थिए ।

samman paxi geet gaudae maya gurung and uma gurung

महोत्सवमा शनिवार चर्चित लोकदोहोरी गायिका कोमल वलीले पोइला जान पाम भन्ने गीत गाउदा महोत्सवमा उपस्थित दर्शक झुमेर नाचेका थिए । त्यसैगरी हास्य ब्यङग्य तर्फ पुर्खे बाको प्रस्तुतीले दर्शकलाई पेट मिची मिची हास्न बाध्य बनाएको थियो । महोत्सवमा शनिवार सांझ युवाहरुको रोजाइ भिटेनको लाइभ प्रस्तुतीले युवायुवतीहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवमा आइतबार चर्चित लोकदोहोरी गायिका राधिका हमाल र स्थानिय कलाकारहरुद्धारा लोकदोहोरी प्रस्तुत गर्नेछनभने सांझ लाइभब्याण्डमा द एक्स ब्याण्डको प्रस्तुती रहने छ । महोत्सवमा मुख्य आकर्षणको केन्द्र बिन्दु रहेको हात्ती हेर्ने र हात्ती चढ्नेको समेत भीड लागेको पर्यटन ब्यवस्थापन उपसमिती संयोजक भुवन ढकालले जानकारी दिए । शनिवार महोत्सवमा ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिएभने १ करोड ५० लाखको कारोवार भएको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

pic : ramailo6.com

प्रकाशित मितिः शनिबार, माघ ६, २०७४     7:49:14 PM

Tara Chapagain

See all posts by