चिसो साँझमा तातो फेसन

पोखरा, ६ माघ ,

पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलामा शुक्रबार फेसन सोको आयोजना भयो । नेपाली रजतपटकी प्रख्यात नायिका सञ्चिता लुईँटेल सिल्भर र गोल्डेन कलरको लेहेङ्गामा जब ¥याम्पमा उत्रिएपछि माहौल एकाएक तातो बन्न पुग्यो । क्यामेराका लेन्सहरु एकाएक उनीतिर सोझिए । ‘लाइमलाइट’ले उनी झन बैँशालु बन्न पुगिन् । शोज टपरको रुपमा उनको प्रस्तुति लोभलाग्दो थियो ।

हो, सञ्चिता पोखराको नयाँबजारमा आयोजित सफल राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलामाअन्तर्गत आयोजित ‘चेरिष्मा फेसन नाइट सिजन दुई’ की मूख्य आकर्षण बन्न पुगिन् । त्यसो त उनीसँगै ¥याम्पमा उत्रिएका मोडलहरु पनि कम्ता थिएनन् । साडी,लेहेङ्गा,इभिनिङ र फेष्टिभ राउण्डमा पोखरा र काठमाण्डौंका टप मोडलहरु चेरिष्मा इम्पोरियमले तयार पारेका परिधान पहिरिएका थिए । बजारमा चलेका कलरहरुको कम्बिनेसनलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले जादु छरेकी थिइन् ।

यता सोमा ब्लेजर, सेरवानी र फर्मल सुटमा ¥याम्पमा देखिएका काठमाण्डौंका चर्चित अनुहारलाई पोखरेली युवतीहरुले वाउ भनिदिए । ‘फेसन कन्सस’ पोखरेलीहरुलाई फेसनबारे अझ बढी जागरुक बनाउन तथा मेलामा विविधता थप्न फेसन सो आयोजना गरिएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सीता बरालले बताउनुभयो ।

प्रकाशित मितिः शनिबार, माघ ६, २०७४     5:18:37 PM

Tara Chapagain

See all posts by