व्यक्तिगत इगोले संस्थाको गरिमामा आँच पुर्याउने कार्य अस्विकार्य : अध्यक्ष खत्री

फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको दशौँ वार्षीक साधारण सभा शनिबार सम्पन्न भएको छ ।उक्त साधारणसभाको उद्धघाटन गर्दै पोखरा उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बहादुर प्रजुले व्यवसाय प्रवद्र्धनका लागी व्यावसायीक तालिमहरुको आवाश्यकता औल्याएका छन् ।


व्यावसायीक एकतामा जोड दिदै उनले यसको आवाश्यक सहजिकरणका लागी पोखरा उद्योग वाणीज्य संघ सदैव तयार रहेको समेत बताए । घरबेटीसंगको सम्बन्धलाई सुमधुर बनाउदै व्यावसायलाई दिगो बनाउनु पर्नेमा उनले जोड दिए ।
संघका संस्थापक सल्लाहाकार कोमलनाथ कुवंरले विभिन्न कारणले व्यावसायीहरु विस्थापित हुनु परेको प्रति चिन्ता व्यक्त गर्दै समस्याको समाधानमा फेन्सी तथा रेडिमेड व्यावसायी संघ थप चनाखो हुनु पर्ने बताए ।
पोखरा उद्योग वाणीजय संघका कार्य समिति सदस्य समेत रहेका संघका निवर्तमान अध्यक्ष गिरधारी अधिकारीले संस्थागत हितका खातिर सर्मपित हुन सम्पुर्ण व्यावसायीहरुलाई आग्रह गरेका छन् ।


कार्यक्रममा बोल्दै संघका अध्यक्ष केशव बहादुर खत्रीले व्यावसायी हित तथा संघको गरिमा वृद्धिका लागी कुनै प्रकारको योगदान गर्न तत्पर रहेको प्रतिवद्धता जाहेर गरेका छन् । आफ्नो सक्रियतामा संघको कार्यालय व्यवस्थापन चुस्त बनाएको दावी गरेका उनले व्यक्तिगत इगोले संस्थालाई हानि पुर्याउने गतिविधि कसैले गरे कुनै पनि हालतमा क्षयम्य नहुने चेतावनी दिएका छन् ।

कार्यक्रममा पोखरा उद्योग वाणीज्य संघका का.स गिता तिवारी, डिभि भुजेल लगायत विभिन्न वस्तुगत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संघमा आवद्ध व्यावसायीहरुको सहभागीता रहेको थियो ।
संघका अध्यक्ष खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रदिप कुमार मुल्मी र संचालन महासचिव राजु पौडेलले गरेका थिए ।
लगत्तै आयोजित बन्दशत्रमा महासचिव पौडेल र कोषाध्यक्ष रामचन्द्र शर्माको प्रतिवेदव माथी आवाश्यक छलफल गरि पारित गरिएको संघले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, माघ ६, २०७४     5:08:01 PM

Tara Chapagain

See all posts by