दर्शकको टिकटबाट उठाएको रकम सामाजिक काममार्फत दर्शकलाई फिर्ता गर्दै पोखरा महोत्सव

 

  यतिवेला पोखराको अमरसिंह चौरमा आठौ संस्करणको पोखरा महोत्सव सञ्चालन भइरहेको छ । पुष २७ देखि शुरु भएको महोत्सव सातौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । महोत्सवमा हात्ती सवार गरी महोत्सवको अवलोकन गर्नेहरुको दिनहुजसो भीड समेत लाग्ने गरेको छ । महोत्सव स्थलभित्र रहेका विभिन्न सांस्कृतिक क्रियाकलापले दर्शकलाई मनोरन्जन प्रदान गरेको त छनै महोत्सवमा राखिएका विभिन्न स्टलहरुले पनि दर्शकलाई ध्यानकेन्द्रित बनाउने गरेको छ ।
महोत्सव स्थलको मुख्य प्रवेश द्धारमा राखिएको बैदाम तामाङ संघले राखेको शान्ति स्तुपाको प्रतिकमा फोटो खिचाउनेको भीडनै लाग्ने गरेको देखिन्छ । स्टलहरुकै बीचमा राखिएको पोखरा लेखनाथमा निर्माणधिन अवस्थामा राखिएको चिडियाखानाको स्याण्ड मोडेलले महोत्सव अवलोकन गर्न आउनेहरुलाई ध्यानकेन्द्रित गरेको छ ।

युनाइटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, सेती नदी संरक्षण र सौर्यबत्ती जडान जस्ता सामाजिक काम गरेकै कारण पोखरा महोत्सव सफल हुदै आइरहेको छ । अघिल्लो वर्षदेखि महोत्सव स्थल भित्र निर्माण गरिएको चिडियाखानाको स्याण्ड मोडेलले महोत्सव अवलोकनमा आउनेहरुलाई ध्यानकेन्द्रित गरी क्लवको कामलाई प्रस्ट देखाइएको क्लवका अध्यक्ष सुक बहादुर गुरुङ वताउछन । गुरुङ भन्छन हामीले दर्शकलाई टिकट किनेर महोत्सवको अवलोकनमात्र गराएका छैनौ हामीले सामाजिक काम मार्फत दर्शकको पैसा दर्शकलाई नै फिर्ता गराएका छौ ।

यो पालीको महोत्सवमा पनि अघिल्लो वर्ष जस्तै चिडियाखानाको स्याण्ड मोडेल निर्माण गरी कस्तो ठाउमा चिडियाखाना निर्माण भइरहेको छ, त्यहां कुन कुन जनावरहरु पाइन्छन भन्ने दर्शकलाइ देखाइरहदा पक्कैपनि पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लवले के गरिरहेको छ भन्ने प्रस्ट हुन्छ । पोखरा लेखनाथको पचभैया क्षेत्रमा रहेको विगत तिन वर्षदेखि १ सय ३४ हेक्टर जंगलमा चिडियाखाना निर्माणको काम शुरु भएको छ । चिडियाखाना निर्माणका लागी चाहिने पहिलो पूर्वाधार सम्पन्न भइसकेको छ । महोत्सवकै आयोजना गरी क्लवको पहलमा लेखनाथको पचभैयामा रहेको सामुदायिक बन भित्र चिडियाखानाका लागी चाहिने पहिलो पूर्वाधार बन्यजन्तु उद्धार केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

हाल उक्त स्थानमा चार नम्बर प्रदेश वरिपरि घाइते भएका बन्यजन्तुहरु राखिएको छ । उद्धार केन्द्रमा अहिले निलगाइ, रतुवा मृग, हरिण, हुचिल, गोठे लाटोकोसेरो, किंग कोब्रा, अजिंगर, वनविरालो, जंगली खरायो, इजिप्सियन भल्चर लगायतका बन्यजन्तु राखिएको पोखरा अन्तरष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक तथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल बताउछन । बख्रेल भन्छन हामीले महोत्सवको आयोजना गरी रमाइलो कार्यक्रम त गरेकै छौ त्यसमा पनि महोत्सवमा उठेको रकमलाई विभिन्न विद्याहरुमा छुट्याएर सामाजिक काम गर्न पाउदा किनै खुसी छौ । महोत्सवको खटाइमा पाइने दुखलाई काम गरेर अगाडी वढिरहदा निकै आफुहरुको थकाइ र पिडा भुल्ने गरेको समेत उनको भनाइ रहेको थियो ।

 

नवौ संस्करणको महोत्सवमा आउने दर्शकका लागी चिडियाखाना स्थल सम्म दर्शकलाई पु¥याउने लक्ष्य रहेको युनाइटेड क्ल्वका महासचिव तथा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले वताए । आठौ संस्करण सम्म हामीले महोत्सवस्थलबाट चिडियाखानाको स्याण्डमोडेल देखाउन सक्षम भएका छौ नवौ महोत्सवमा दर्शकले चिडियाखाना निर्माणधिन क्षेत्रमा रहेको बन्यजन्तु उद्धार तथा उद्यान केन्द्रको प्रत्यक्ष अवलोकन गर्ने वतावरण वनाउने श्रेष्ठको भनाइ रहेको थियो । यसैविच महोत्सवको सातौ दिन बुधवार १२ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन । महोत्वमा बुधवार ६० लाखको कारोवार भएको महोत्स्व अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक गणेश तिमिल्सिनाले वताए ।

महोत्सवमा बुधवार लोकदोहोरी तर्फ राजन गुरुङ, जीवन दाहाल, कृष्ण देवकोटा, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, पदम थापा, सरीता थापा लगाएतले लोक दहोरी प्रस्तुतीले महोत्सवमा आउने दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । बुधबार मेरी बस्सैको कलाकार हरु सापटी र घिरौलेको हास्यब्यङग्य प्रस्तुतीले दर्शकहरुलाई पेट मिची मिची हास्न बाध्य गराएका थिएभने युवाहरुको ढुकढुकी मन्त्र ब्याण्डको लाइभ म्युजिक प्रस्तुतीले महोत्सवमा सांझ उपस्थित दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।

बिहीबार लोकदोहोरी तर्फ बद्री पंगेनी, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, जीवन दाहाल, कृष्ण गुरुङ, ज्योती लोहोनी, प्रेम बस्याल, बसन्ती थापा, जुना क्षेत्री, शिवहरी ढुंगाना लगाएको प्रस्तुती संगै दिपक थापा मगरको हास्यब्यङग्य प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए । गुरुङका अनुसार बिहीबार लोपोन्मुख ठाडो भाकाको समेत प्रस्तुती रहने छ जसमा बुद्धिमान गुरुङ धम्पु र सुक माया बिक सगरमाथा आमा समुहको प्रस्तुती रहनेछभने सांझको लाइभब्याण्ड तर्फ कालिप्रसाद बास्कोटाको प्रस्तुती रहने छ ।

प्रकाशित मितिः बुधबार, माघ ३, २०७४     9:46:38 PM

Tara Chapagain

See all posts by