पोखरा ३ माघ । पोखरा महोत्सवको आठौ दिन भोली बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनी र पुरुषोत्तम न्यौपानेको प्रस्तुती रहने भएको छ । दिनमा चर्चित लोकदोहोरी गायक पंगेनी र न्यौपाने संगै हास्यब्यङग्य कलाकार दिपक थापा मगरको प्रस्तुती रहने आठौ पोखरा महोत्सवका कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए । दिउसो दोहोरी कार्यक्रम संगै गण्डकी अञ्चलमा प्रचलित भएपनि लोप उन्मुख अवस्थामा रहेको ठाडो भाकाको समेत प्रस्तुती रहने छ । ठाडो भाकाका गायक बुद्धिमान गुरुङ धम्पु र सुक माया बिक सगरमाथा आमा समुहले महोत्सवमा बिहीबार ठाडो भाका प्रस्तुत गरी दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन ।
महोत्सवमा सांझ लाइभ ब्याण्ड तर्फ पछिल्लो समय युवाहरुको मनमा बस्न सफल संगीतकार, गीतकार तथा गायक कालिप्र्रसाद बास्कोटाको लाइभ ब्याण्ड प्रस्तुती रहने छ । पछिल्लो समय युवाहरुको ढुकढुकीमा बस्न सफल बास्कोटाले महोत्सवको आठौ दिन सांझ आफ््नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरन्जन प्र्रदान गर्ने भएका हुन । स्मरण रहोस सातौ पोखरा महोत्सवमा काली प्रसाद बास्कोटाले ट्रयाक मार्फत आफ्नो सांगितीक प्रस्तुती मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिएभने यो पटक लाइभ ब्याण्ड प्रस्तुती रहने भएकालेपनि दर्शकलाई आकर्षण गर्न काली प्रसाद बास्कोटा सफल हुने पक्का देखिन्छ ।