तनहुँको ध्वाँसेमा चितुवाको छाला र हड्डी सहित २ जना पक्राउ

तनहुँ: ध्वाँसे चितुवाको छाला र हड्डी सहित २ जना पक्राउ

केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको प्रहरी टोलीले जिल्लाको आँबुखैरेनी ४ मुग्लिङ पुल नजिकैवाट ३ वटा ध्वाँसे चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरेको छ ।

मुग्लिङ् पुल नजिकै पृथ्वी राजमार्ग सडक खण्डमा चेकजाँचका लागि खटीएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा. १५ च. म७४५६ नं.को स्कारपियो जिपमा शंका लागी चेकजाँच गर्दा उक्त गाडीमा रहेको कालो रंगको सुटकेश भित्र लुकाई छिपाई राखेको अवस्थामा ३वटा ध्वाँसे चितुवाको छाला र हड्डी फेला पारेको हो । सोही कार्यमा संलग्न २ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्कार्पियोका चालक नुवाकोट जिल्ला शिबपुरी गाउँपालिका बस्ने वर्ष २८ का भिम बहादुर तामाङ् र गोरखा सुलिकोट गाउँपालिका २ बस्ने वर्ष ३५ का ईत बहादुर तामाङ् रहेका छन् । पक्राउ परेका दुवै जनालाई छाला, हड्डी र सवारी साधन समेत आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय तनहुँ दमौली पठाईएको छ ।

पर्वत : गिट्टी वालुवा चोरी निकासी गर्ने पक्राउ

यही माघ ३ गते पर्वत जिल्ला कुश्मा नगरपालिका २ सहस्रधार स्थित कालीगण्डकी नदीको किनारमा अवैध रुपमा वालुवा चोरी निकासी हुँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटीएको प्रहरी टोलिले  १ वटा टिप्पर, स्काईभेटर चालकहरु सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ग १ क ३३३० नम्वरको टिप्पर सहित धादिङ जिल्ला निलकण्ठ नगरपालिका १का वर्ष २३का रामकृष्ण गुरुङ र नम्वर नखुलेको स्काईभेटरका चालक जिल्ला सर्लाही ईसरपुर नगरपालिका ८ वस्ने वर्ष २४ का रन्जित चौधरीलाई नियन्त्रणमा लिईएको छ । पर्वत प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी चालकहरु र टिप्परलाई समेत जिल्ला समन्वय समितिको कार्यालय पर्वतमा पठाईएको छ ।

 नवलपरासी (बर्दघाट सुस्ता पुर्व) :अटो रिक्सा दुर्घटना

मिति २०७४।१०।३ गते अः१२:३० बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) बिनय त्रिबेणी गा.पा. ४ भित्री सडक खण्डमा सर्दिबाट दुम्किबास तर्फ आई रहेको लु १स २९१ न.को अटो रेक्सा आफै पल्टीदा रिक्सामा सवार सोहि ठाउको वर्ष १७ को करन मिधुन घाईते भई उपचारको लागि भरतपुर पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई फरार रहेका रिक्सा चालकको खोजि गरिरहेको छ ।

कास्की : ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनहरुलाई कारवाही

मिति २०७४।१०।०३ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात  कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले  बिहान ०७:०० बजेदेखि.०९:०० बजे सम्म जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ स्थित पृथ्वीचोकमा सवारी अनुगमन गर्दा मिटर जडान नगरेका ६ वटा ट्याक्सी, क्षमता भन्दा बढी यात्रु चढाएको ३ वटा हाईस र टिकट नकाटी यात्रु चढाउने ४ वटा बसलाई कारबाही गरेको छ । साथै ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई सचेत गराउने उदेश्यले अनुगमलाई थप प्रभावकारी बनाउन लागिएको ट्राफिक प्रहरी कार्यालय कास्कीले बताएको छ ।

 

 

                                          प्रहरी नायव उपरीक्षक

                                                                                   ( बीर बहादुर पुलामी )

प्रकाशित मितिः बुधबार, माघ ३, २०७४     5:06:57 PM

Tara Chapagain

See all posts by