पोखराको अर्मलामा पर्वतिय दौड र पुरुष भलिबल प्रतियोगिता हुने

अध्यक्ष गुरुङका अनुसार खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार र दोश्रोले २५ हजार साथमा कप, मेडल र प्रमाणपत्र पाउने छन । यसै गरि पर्वतिय दौडमा प्रथम हुनेले नगद १५ हजार, दोश्रोले १० र तेश्रोले ५ हजारका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन । सान्त्वना हुने दुई जनालाई नगद १ हजार ५ सय प्रदान गरिनेछ । छेलो प्रतियोगितामा प्रथमले ३ र दोश्रोले १ हजार तथा १६ वर्ष भन्दा मुनीको प्रथमलाई नगद १ हजार र दोश्रो लाई ५ सय प्रदान गरिनेछ । प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न अर्मलाकोट युके परिबार तथा याक यति याक नेप्लीज रेष्टुरेन्ट, वाथ युकेका शेर बहादुर गुरुङले गरेका छन । उक्त कार्यक्रमको सह प्रायोजन खेपना प्रतिष्ठान, अर्मला बिकास मंचले गरेका छन ।

माघ ८ गते नै अर्मला परिवार युकेको सहयोगमा अर्मला कोटमा करिव ५३ लाखको लागतमा नव निर्मित प्यारापिट सहितको बास्केटबल तथा भलिबल कोर्टलाइ समुदायमा हस्तान्तरण गरिने कार्यक्रम रहेको नेपाल बास्केटबल संघका उपाध्यक्ष एवम अर्मला निवासी जुम गुरुङले बताए । उक्त कार्यक्रमका लागि अर्मला युके परिवारले क्लबलाई ५० थान टिशर्ट समेत पठाएको छ ।

पत्रकार सम्मेलनमा युके बाट अर्मला निवासी शेरा गुरुङले पठाएको नगद ७५ हजार र वुद्धी गुरुङ, सम्मर बहादुर गुरुङ, जिवन गुरुङ, तथा सुनिल गुरुङ बाट प्राप्त नगद ६९ हजार गरि नगद १ लाख ४४ हजार बास्केटबल तथा भलिबल कोर्टका निर्माण संयोजक डब्लु.ओ.वान जित बहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो । अर्मला प्रतिष्ठानका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिब डम्मर बहादुर गुरुङ (अन्तिम)ले उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई आह्वान गरेका छन ।

प्रकाशित मितिः बुधबार, माघ ३, २०७४     4:49:06 PM

Tara Chapagain

See all posts by