बाम एकतालाई कसैले रोकेर नसक्ने महरा

 तारा चापागाई
प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले बुधबार पोखरामा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता पूर्व उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले वाम एकतालाई कसैले रोकेर नरोकिने बताए । उनले वर्तमान सरकारले नयाँ जनादेशलाइ नटेरेको जिकीर गरे । उनले भने, देउवा सरकारले बिभीन्न बहानामा आयु लम्ब्याउने बसीरहेको छ ।, उनले रास्ट्रिय सभाको निर्वाचन लगत्तै केन्द्रिय सरकार बन्ने बताएका छन् । नेता महराले निर्वा्चित जनप्रतिनिधिलाई चाडो सत्ता हस्तान्तरण नगरी वर्तमार्न सरकार कानुनी र संवैधानिक अड्चन देखाएर आयु लम्बाउने कसरतमा लागि परेको आरोप लगाउदै उनले । जनताको जनादेशको कदर गर्दै प्रदेश र केन्द्र सरकार निर्माणको बाटो खोलिदिन देउवा सरकारलाई आग्रह गरे ।

वाम एकता कहिले भन्ने प्रश्नमा उनले भने, ‘ एमाले र माओवादी केन्द्र बीचको एकता प्रक्रिया अघि बढीरहेकोले पार्टी एकीकरण जसरी पनि भइ छाड्ने् बताए । जनताबाट समेत अनुमोदित भैसकेकाले अब उनको भनाइ थियो
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले देशलाई विकासको बाटोमा अघि बढाउन महिलाको भूमिका महत्वपूर्ण हुने भएकोले महिलामैत्री विकासको संरचना निर्माणमा दलहरु केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

देशलाई अब विकास चाहिएकोले विकास निर्माणको महिलाको अहम भूमिका भएकाले दलहरुले महिलामैत्री विकास संरचनामा ध्यान दिनु पर्ने उनको भनाई छ । सरकारले जनमतको उच्च कदर गर्नेपर्ने कुृरामा जोड दिदै घर्तीले अब छिटै स्थिर सरकार निर्माण गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेकी छन् ।

प्रकाशित मितिः बुधबार, माघ ३, २०७४     11:55:23 AM

Tara Chapagain

See all posts by