पोखरा, माघ २
लायन्स क्लव अफ पोखरा माछापुछ्रे भिलेज द्वारा ढुगेंसाघुको मेलामा निशुल्क पिउने पानी, आकस्मिक उपचार, औसधी बितरण,तथा एम्बुलेन्स सेवा प्रदान गरेको छ। कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब ३२५ बि १ का सेनेटेरियन प्रोग्राम तथा सेलिब्रेसन डिपार्टमेन्ट प्रमुख सिनियर एडभाइर्ज लायन राजेन्द्र बाटाजुले उद्घाटन गरेका थिए।उनले लायन्स माछापुच्छ्रे भिलेजका कार्यहरु अनुकरणीय भएको भन्दै निरन्तर सेवामा लागि रहन आग्रह गरे ।
सो कार्यक्रममा पी आर ओ एबम गाइडिंगलायन तोरण बहादुर कुबर ,जोन चेयर पर्सन एबम सो क्लबका सस्थापक अध्यक्ष शिबराज आचार्य,निबर्तमान अध्यक्ष रामजी भण्डारी , लायन्स क्लब अफ पोखरा फेवा लेक सिटीका अध्यक्ष शिबराम भण्डारी ,पो ले मा न पा वडा न १७ का सदस्य बैकुण्ठ भण्डारी,ढुंगेसाँघु बचत तथा ऋण सहकारीका अध्यक्ष अमृत भण्डारी,जानको नि मा बि का प्राधानाध्पक रघुनाथ भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए। सो क्लबले प्रत्येक वर्ष माघे सक्रान्तिकै मेलाको अबशरमा कार्यक्रम गर्ने गरेको र यस वर्ष पनि १० औं हजार मानिसहरुले सेवा प्राप्त गरेको जनाएको छ ।क्लबका अध्यक्ष तिर्थराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संयोजक लायन राजेन्द्र गुरुगं र संचालन सचिब बिजय पाहारिले गरेका थिए ।