व्यवसायिक कुखुरापालक कृषकहरुसंग अन्तरकृया कार्यक्रम , कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर

पोखरा, २७ पौष ।
पोखरा लेखनाथ महानगरपालिका पशुसेवा शाखाको वार्षिक कार्यक्रम अनुसार व्यवसायिक कुखुरापालक कृषकहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।पशुसेवा शाखाका प्रमुख डा.ठगेन्द्र प्रसाद अर्यालले कृषकहरुमा आवश्यक चेतना र बजार व्यवस्थापनको अभावका कारण यस व्यवसायबाट अनुमान गरिए जति मुनाफा लिन नसकेको बताए ।

कार्यक्रममा पशु विकाश अधिकृत प्रकाश सहदेव पौडेल ले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै कुखुरा पालन व्यवसायमा भएका समस्या, समानधानका लागि अन्तरकृयाको उद्धेश्य रहेको बताए । पशुप्राविधिक सुरेश कुमार श्रेष्ठ ले पोखरा लेखनाथ महानगरपालिका पंक्षिजन्य उत्पादन कुखुराको मासु तथा अण्डा मा भने आत्मनिर्भर भैसकेको दावी गरे ।

यसको व्यवस्थामा सरोकारवाला निकाय समेत थप चासो देखाए आशा गरिए जति उपलब्धि हाषिल गर्न नसकेको बताए । कार्यक्रममा पोखरालेखनाथ महानगरका ३५ जना व्यवसायिक कुखुरापालक कृषकहरुको सहभागिता रहेको थियो । सहभागी कृषकहरुले कुखुरापालन व्यावसायमा लगानी र बजारको ब्यवस्थापन मिल्न नसकेको कारण समस्यामा परेको गुनासो गरे । मेहनत र उत्पादन अनुसारको बजार मुल्य नपाएको उनिहरुको भनाइ छ । पशुसेवा शाखाका प्रमुख अर्यालको अध्यक्षमा गरिएको उक्त कार्यक्रमको संचालन पशु प्राविधिक सुरेश श्रेष्ठले गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, माघ २, २०७४     9:22:04 PM

Tara Chapagain

See all posts by