शान्ति उदय मा बि को ५८ औ बार्सिकोत्सब सम्पन्न

पोखरा ,माघ २
पोखरा लेखनाथ महानगर पालिका वडा न ३३ भरत पोखरी स्थित शान्ति उदय मा बि को ५८ औ बार्सिकोत्सब सम्पन्न भएको छ । सो कार्यक्रमको कास्की क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य रबिन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।अधिकारिले अबको बिद्यालय शिक्षा ब्यबसायिक र प्राबिधिक तबरको हुनु पर्ने भन्दै कोरा शिक्षाले मात्र सम्बृद्ध नेपाल निर्माणको कार्य पुरा नहुने बताए ।

अधिकारिले सरकारी विद्यालयहरुले आधुनिक शिक्षण विधिको प्रयोगमा जोड दिनुपर्ने भन्दै त्यसको बाताबरण निर्माणमा सरकारी निकायको महत्वपुर्ण भूमिका रहने बताए ब बन्ने सरकारले समग्र शिक्षा नीतिको पुनराबलोकन सहित यस सम्बद्ध येन नियमको पनि पुनसंरचना मा ध्यान दिनु पर्ने उनको भनाइ थियो । सोहि बिद्यालयका भू पु बिद्यार्थी समेत रहेका अधिकारीलाई सो संसदमा तेश्रोपटक पनि निर्बाचित भएको सम्मान सहित सफलताको शुभकामाना समेत ब्यक्त गरेको शिक्षक रन बहादुर गुरुङले जानकारी दिए ।

सो अबसरमा पोखरा लेखनाथ महानगर पालिका वडा न ३३ का अध्यक्ष शिब प्रसाद आचार्य , सो विद्यालय का सस्थापक प्राधानाध्यापक पबित्रमणि पौडेल,पूर्व प्रधानाध्यापक कमल प्रसाद आचार्य, बिद्यालय निरीक्षक बबिता शर्मा ,सरस्वति टिका मा बि मा अध्यक्ष ऋषिराज आचार्य,स्थानीय समाजसेबी रामचन्द्र पौडेल ,लगायतले मन्तब्य ब्यक्त गरेका थिए । प्रधानाध्यापक टेकनाथ गिरिले बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सो अबसरमा शैक्षिक एबम अतिरिक्त क्रियाकलापमा बिजेता बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै बिद्यार्थीहरुले बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । ब्यबस्थापन समिति अध्यक्ष केशबराज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन शिक्षिका नारायणी शर्मा र स्वागत शिक्षक बेदनाथ आचार्यले गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, माघ २, २०७४     7:52:20 PM

Tara Chapagain

See all posts by