२६ वर्षपछि बागलुङको विमानस्थल पुन सञ्चालनमा आउने

बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाका पदाधिकारीबीच आउँदो चैत पहिलो सातादेखि नियमित उडान सुरु गर्ने सहमति भएको हो ।

प्राधिकरणका पदाधिकारी, विमान कम्पनीका सञ्चालक, बागलुङ नगरपालिकाका प्रतिनिधि, पूर्वसासंदलगायत सरोकारवाला पक्षबीच आइतबार भएको छलफलमा विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भएको हो । सहमतबढ्छिअनुसार पहिलो चरणमा नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक र तारा एयरको जहाजले हप्ताको दुईपटक एक-एक उडान भर्नेछन् ।

यात्रुको सुनिश्चिता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा बागलुङ नगरपालिकाले सघाउने सहमतिमा उल्लेख छ । विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिने सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “एक हप्ताभित्र विमानस्थलको प्राविधिक अध्ययनका लागि प्राधिकरणको टोली आउँछ”, उनले भने, “प्राविधिक अध्ययन प्रतिवेदन तयार भएसँगै अन्य प्रक्रिया अगाडि बढ्ने छ

प्रकाशित मितिः सोमवार, माघ १, २०७४     4:36:58 PM

Tara Chapagain

See all posts by