मानवसेवा आश्रमको सेवा पोखरामा स- प्रेम विस्तार हुँदै

पोखरा १ माघ । कास्की पोखरा मा मानवसेवा आश्रमको स्थापनार्थ – ” सहयोगापेक्षी सडक मानव व्यवस्थापनको लागि सरोकारवाला निकायहरूको भूमिका र गर्न सकिने प्रयास ” विषयमा अन्तरकृया सम्पन्न भएको छ। Hotel Queens Park Lake Side ले कार्यक्रमको सौजन्य गरेको हो।

कार्यक्रममा पोखरा लेखनाथ महा नगरपालिका का प्रमूख, जिल्ला प्रहरी कार्यालयका प्रमूख, विभिन्न वडाका वडा अध्यक्षहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरूहरूको गरिमामय उपस्थिती रहेको कार्यक्रममा मानवसेवा आश्रमका प्रमुख संरक्षकज्यू, संस्थापक केन्द्रीय अध्यक्षज्यू, अभिभावक रमण नेपालीज्यू, राजेश फूँयालज्यू, ई.धुर्व राज भट्टराई ज्यू विभिन्न जिल्लामा सेवामा समर्पित अभियन्ता र साधकसाधिकाको उपस्थिती रहेको थियो।

अन्तरकृया कार्यक्रम लगत्तै आज नै वृहद सडकसेवा सम्पन्न गरि एक सहयोगापेक्षी मानवलाई उद्धार गरि मानवसेवा आश्रम वाग्लुङ लगिएको छ। केहीदिनमै पोखरामा मानवसेवा आश्रम स्थापनार्थ मानवसेवा आश्रममुख्य कार्यालय मकवानपुरबाट अभियान्ता होमनाथ तिमल्सिना र नवराज केसी ले सेवालाई अगाडि बढाउदै हुनुहुन्छ ।

प्रकाशित मितिः सोमवार, माघ १, २०७४     4:13:59 PM

Tara Chapagain

See all posts by