महोत्सवमै मनायो मंगोलियन हर्टले आफ्नो २५ औ जन्मोत्सव , सोमबार रामजी खाड र 1974 AD को प्रस्तुती रहने

 

अमरसिंह चौरमा जारी आठौ पोखरा महोत्सवका बीच मंगोलियन हर्ट राजु लामाले आफ्नो ब्याण्डको २५ औ जन्मोत्सव मनाएका छन । महोत्सव आयोजक युनाइटेड क्लवका पदाधिकारी संगै महोत्सवमा उपस्थित दर्शकका बीच मंगोलियन हर्टले आफ्नो २५ औ जन्मोत्सव मनाएको हो । शनिवार पोखरा महोत्सवमा आयोजित लाइभब्याण्ड कार्यक्रमका बीच मंगोलियन हर्टले आफ्नोे पोखरेली फ्यानका बीच केक काटेर आफ्नो २५ औ जन्मोत्सव मनाएको हो । युनाइटेड क्लवको आयोेजनामा जारी आठौ पोखरा महोत्सवमा पोखरेली दर्शक संगै आफ्नो ब्याण्डको २५ औ जन्मोत्सव मनाउन पाउदा निर्क खुसी लागेको वताउदै आफ्नो ब्याण्डले निरन्तर सांगितीक यात्रा जारी राख्ने वताए ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले मंगोलियन हर्ट संगको निरन्तरता र महोत्सवकै बीच २५ औ जन्मोत्सव मनाउनु पाउनु शौभाग्यको कुरा भएको वताए । त्यसैगरी क्लवका अध्यक्ष सुक बहादुर गुरुङले मंगोलियन हर्टको सांगीतिक निरन्तरता कायम रही आगामी महोत्सवहरुमा पनि मंगोलियन हर्ट संग निरन्तरता जारी रहने वताए । पोखरा महोत्सवमा आइतबार ६० लाखको कारोवार भएको छभने १२ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा आइतबार लोकदोहोरी कलाकार मिलन लामाले लोकदोहोरी मार्फत महोत्सवमा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, नर बहादुर राना, चन्द्रा काकी, दिलु लामा लगायतको दोहोरी प्रस्तुती रहेको सांस्कृतिक उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

आइतवार सांझ लाइभब्याण्ड तर्फ सुगम पोख्रेल एण्ड भिक्ट्रीको प्रस्तुतीले महोत्सवमा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । आइतबार प्रदेश नम्बर ४ स्तरिय लोकदोहोरी प्रतियोगितामा तनहु र स्याङजाले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । महोत्सवमा सोमबार लोकदोहोरी तर्फ रामजी खांड, प्रजापति पराजुली, तारापति सुवेदी, जीवन दाहाल, सुरेन्द्र गुरुङ, शिवहरी ढुंगाना, परशुराम अधिकारी, निशा पोख्रेल लगायतको प्रस्तुती रहनेछभने लाइभब्याण्ड तर्फ १९७४ एडी न्यु लाइन अफको प्रस्तुती रहने छ । महोत्सवको पांचौ दिन सोमबार प्रदेश स्तरिय लोकदोहोरी प्रतियोगिता अन्तर्गत स्याङजा र गोर्खा , बाग्लुङ र बाग्लुङ बीच प्रतिस्पर्धा रहने क्लवका महासचिव राजु श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, माघ १, २०७४     7:13:22 AM

Tara Chapagain

See all posts by