अवैध चितुवाको छाला सहित ३जान पक्राउ

केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङको संयुक्त प्रहरी टोलिले अवैध चितुवाको छाला सहित ३ जनालाई वेशीसहर स्थित एक होटलवाट पक्राउ गरेको छ ।
यही पौष २८ गते लमजुङको बेसीशहर ८ स्थित घंलेगाँउ होटलको कोठा नं।११०मा बसेका तिन जना व्यक्तिहरुले अवैध चितुवाको छाला लुकाई छिपाई राखेका छन् भन्ने विषेश सूचनाको आधारमा केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङको संयुक्त प्रहरी टोलीले उक्त होटलमा गई कोठा खानतलासी गर्दा सोही कोठाको दराज भित्र कालो झोलामा प्लाष्टिकको बोरा भित्र चितुवाको दाह्रा सहितको १ थान अवैध छाला लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

सोही कार्यमा संलग्न लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका ५ बस्ने वर्ष २७का बिनोद तामाङ, राजेश अधिकारी र सोही नगरपालिका वडा नं। ६ बस्ने कमल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाका सम्बन्धमा लमजुङ प्रहरीले जिल्ला वन कार्यालय लमजुङसंग समन्वय गरी थप अनुसनधान गरीरहेको छ ।

प्रकाशित मितिः आइतवार, पुस ३०, २०७४     5:48:44 AM

Tara Chapagain

See all posts by