लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजद्धारा “पढाऔं अभियानका” लागी रकम हस्तान्तरण

लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजले पढाऔ अभियान अन्र्तगतको २ लाख रकम लायन्स क्लव इन्टरनेशनल डिस्ट्रीक ३२५बि १ का डिस्ट्रीक गभर्नर एम.जे.एफ लायन धनराज आचार्यलाइ हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ माछापुच्छ्रे भिलेजद्धारा स्पोन्सर गरिएको लायन्स क्लव अफ पोखरा डायमन्ड भिलेजको चार्टर ह्यान्डओभर एंव गर्भनर्स कलव भिजीट कार्यक्रमका अवसरमा गर्भनर धनराज आर्चाय द्धारा आफ्नो कार्यकालमा ल्याएको मुख्य कार्यक्रम पढाऔ अभियान अन्र्तगतको सो रकम लायन्स क्लव अफ माछापुच्छ्रेका अध्यक्ष तिर्थराज आर्चायले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।

यस वर्ष बाट पढाऔ अभियान अन्र्तगत देशका दुरदराजमा रहेका गरिबका छोराछोरी जुन पढ्न चाहेर पनि आर्थिक अभावका कारणले शिक्षाको अवसर बाट बञ्चित छन् त्यस्ता बालबालिकालाइ मध्यनजर गरि ल्याएको यस महत्वपुर्ण अभियानमा यस वर्ष कम्तीमा ५ करोड बराबरको अक्षयकोष सञ्चालन गरि सेवा दिने लक्ष्य रहेको लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रीक गभर्नर एम जे एफ लायन धनराज आचार्यले जानकारी दिए । कार्यक्रममा लायन्स वर्ष २०१७, १८ का लागी सम्पुर्ण क्लवले अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने कार्यक्रम भित्र रहेको बताउदै उनले, सम्पुर्ण लायन्स क्लव लगायत गैह्र लायन्सहरुले समेत पढाऔ अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरेको जानकारी गराउदै रकम अझै बढ्न सक्ने बताए ।

बिश्वको सबैभन्दा ठुलो मानवीय सेवामा समर्पित बिशुद्ध सामाजिक संस्था लायन्स क्लवले आफुभन्दा अवसर बिहीन ब्याक्तिहरुलाइ “जहाँ जे आवश्यक पर्छ त्यहाँ लायन्स ”भन्ने नारा सहित सहयोग गर्दै आएको छ । लायन्स क्लव भनेको आँखा समबन्धि कार्यक्रम गर्ने संस्थाको रुपमा चिनीदै आएकोे भएपनि यस वर्षबाट डायविटिज अर्वारनेश कार्यक्रमलाइ अगाडी सारेको छ । आर्चायको महत्वकांक्षी कार्यक्रम पढाऔ अभियानले नेपालमा लायन्स शिक्षाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा चिनीने बिश्वास समेत लायनहरुले गरेका छन् । लामो समयबाट बिद्यार्थी राजनिति लगायत बिभीन्न सामाजिक क्षेत्रमा कृयाशिल सफल ब्यावसायि आर्चायले आफुले नै १० लाखको अक्षयकोष स्थापना गरि पढाऔ अभियान शुरुवात गरेका हुन ।

लायन्स क्लव अफ डायमण्ड भिलेजलाइ चार्टर हस्तान्तरण
लायन्स क्लवअफ पोखरा माछापुच्छे्र भिलेजद्धारा स्पोन्सर लायन्स क्लव अफ डायमण्ड भिलेजलाइ चार्टर हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रीक गभर्नर एम जे एफ लायन धनराज आचार्य तथा लायन्स क्लवअफ पोखरा माछापुच्छे्र भिलेज कार्यक्रमा बिच लायन्स क्लवअफ डायमन्ड भिलेजका अध्यक्ष कन्चन थापा नेतृत्वको सम्पुर्ण टिमलाइ चार्टर सटिफिकेट तथा चार्टर पिन बाट हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण कार्यक्रममा लायन्स क्लवअफ डायमन्ड भिलेजका अध्यक्ष कन्चन थापाले सामाजिक कार्यमा अग्रसर भएर लाग्ने बताउदै पढाऔ अभियानमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता मन्तब्य ब्यक्त गरेकी थिइन् ।

कार्यक्रममा डिस्ट्रिक फस्ट लेडि पुष्प आचार्य, पि एम सि सि लायन दिपक श्रेष्ठ, पि.डी.जी लायन धुर्वबहादुर थापा क्याबिनेट सेक्रेटरी लायन चण्डी प्रसाद अर्याल, क्याबिनेट ट्रेजर दामु अधिकारी , डिस्ट्रिीक को चिफ एडभाइजर बिशेश्वर आचार्य जि .एम .टि कोर्डिनेटर लायन कविराज आचार्य, डिर्पाटमेन्ट अफिसर उत्तममान बुद्धचार्य ,जोन चियर पर्सन शिवराज आचार्य, लायन शुशिला कोइराला , लगायतले शुभकामना ब्याक्त गरेका थिए । लायन्स क्लवअफ माछापुच्छे्र भिलेजका अध्यक्ष तिर्थराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवअफ माछापुच्छे्र भिलेजका द्धितीय उपाध्यक्ष शोभाकान्त पौडेलले कार्यक्रम संचालन गरेको थिए । सचिव बिजय पहारीले कार्यक्रममा स्वागत मनतब्य तथा संस्थापक अध्यक्ष तथा जोन चियर पर्सन शिवराज आचार्यले धन्यबाद ज्ञापन गरेका थिए ।

प्रकाशित मितिः शनिबार, पुस २९, २०७४     1:15:54 PM

Tara Chapagain

See all posts by