जेष्ठ सदस्यहरुलाई धार्मिक स्थलको अवलोकन भ्रमण

गणेश पहारी, पोखरा २९ पौष । राष्ट्रिय एकता दिवसको अबसरमा पोखरा लेखनाथ महानगर पालिका वडा नं ६ मा अवस्थित टोल विकास समन्वय समिति, वडा महिला समन्वय सतिति, शिशु स्याहार सेवा केन्द्र र वडा नागरिक मञ्चको सयूक्त आयोजना वडा न ६ मा रहेका करिब १ सय ५० जना जेष्ठ नागरिक सदस्यहरुलाई भोजन सहित पोखरामा रहेको धार्मिक मठ मन्दिरहरु तलबाराही देवी, अकला देवी, विन्दबासिनि र भद्रकाली मन्दिरहरुको अवलोकन गरिएको वडा नागरिक मञ्चका अध्यक्ष बिष्णुहरि अधिकारीले जानकारी दिएका छन ।


राष्ट्रिय  एकता दिवसकै अवसर पारेर पोखरा बैदाम स्थित स्कुल पाटनमा रहेको सार्वजनिक स्थललाई ९८ बर्षिय बेलसरी छन्ताल ९२ बर्षिय नन्दकिशोर पहारीले सयूक्तरुपमा जेष्ठ नागरिक पार्कको समेत शिलान्यास गरिएको शिशु स्याहार सेवा केन्द्रका अध्यक्ष सूर्यनाथ पहारीले बताएका छन ।
उक्त अवसरमा जेष्ठ सदस्यहरुले यो उमेरमा एक ठाउँ बाट अरु ठाउँ हिडढुल गर्न नसक्ने अवस्थामा रहेका जेष्ठ सदस्यहरुलाई धार्मिक स्थलको अवलोकन गराएको र आफ्नो मनको धोका पुरा गराएकोमा आयोजकलाई धन्यबाद ब्यक्त गर्दै समाजमा रहेका जेष्ठ सदस्यहरुलाई राज्य र समाजले गहना रुपमा हेर्नु पर्नेमा कुरामा जोड दिदै यस्ता रचनात्मक कार्यहरु आगामि दिनहरुमा निरन्तरता दिन आग्रह गरेका थिए ।


कार्यक्रममा टोल बिकास समन्वय समितिका अध्यक्ष गिरिराज अधिकारी सभाअध्यक्ष भएको भएकोमा पोले महानगर पालिका वडा ६का अध्यक्ष जगतबहादुर पहारी, महिला समन्वय अक्ष्यक्ष बिष्णु के.सी र जनप्रधिनि हरिकृष्ण पहारी लगाएका बक्ताहरुले समाज गहनाका रुपमा रहेका जेष्ठ सदस्यहरुलाई धार्मिक मठ मन्दिरहरुको अवलोकन गराएको कामको प्रशंसा गर्दै यस्ता रचनात्मक कामहरुलाई अबका दिनहरुमा पनि निरन्तरता दिनुपर्नै कुरामा जोड दिएका थिए भने उक्त कार्यको प्रशंसा गर्दै विभिन्न ब्यक्ति र सघं सस्थाहरुले आर्थिक सहयोग गरेको वडा नागरिक मञ्चका अध्यक्ष विष्णुहरि अधिकारीले जानकारी दिए छन ।

प्रकाशित मितिः शनिबार, पुस २९, २०७४     11:53:52 AM

Ganesh Pahari

See all posts by