लायन्स क्लवअफ माछापुच्छे्र भिलेजद्धारा स्पोन्सर लायन्स क्लव अफ डायमण्ड भिलेजलाइ चार्टर हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रीक गवर्नर एम जे एफ लायन धनराज आचार्यले एक कार्यक्रमा बिच लायन्स क्लवअफ डायमन्ड भिलेजका अध्यक्ष कन्चन थापा नेतृत्वको सम्पुर्ण टिमलाइ चार्टर सटिफिकेट तथा चार्टर पिन बाट सम्मान गरेका हुन । सम्मान ग्रहण गर्दै लायन्स क्लवअफ डायमन्ड भिलेजका अध्यक्ष कन्चन थापाले प्रतिबद्धता मनतब्य राखेकी थिइन् ।
कार्यक्रममा पिएमसिसि लायन दिपक श्रेष्ठ, पिडीजी लायन धुर्व थापा क्याबिनेट सेक्रेटरी लायन चण्डी प्रसाद अर्याल, क्याबिनेट ट्रेजर दामु अधिकारी , जिएम टि कोर्डिनेटर लायन कविराज आर्चाय, जोन चियर पर्सन शिवराज आर्चाय लायन शुशिला कोइराला , डिस्ट्रिक फस्ट लेडि पुष्पा आर्चाय, लगायतले शुभकामना ब्याक्त गरेका थिए । लायन्स क्लवअफ माछापुच्छे्र भिलेजका अध्यक्ष तिर्थराज आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवअफ माछापुच्छे्र भिलेजका सचिव बिजय पहारीले कार्यक्रम संचालन गरेको थिए । क्लवका द्धितीय उपाध्यक्ष शोभाकान्त पौडेलले स्वागत मनतब्य तथा संस्थापक अध्यक्ष शिवराज आर्चायले धन्यबाद ज्ञापन गरेका थिए ।