ब्यावसायिक गाई भैसी पालक कृषकसंग अन्तरक्रिया कार्यक्रम

पोखरा २९ पुष,

तारा चापागाई

पोखरालेखनाथ महानगरपालिका पशु सेवा शाखा कास्कीको आयोजनामा संचालन गरिएको १ दिने व्यवसायिक गाई भैसी पालक कृषकहरुसंग अन्तरकृया गोष्ठि समपन्न भएको छ । कार्यक्रममा राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका प्रमुख रुद्र प्रसाद पौडेलले पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखा कास्कीले उदाहरणीय कार्य गरेको बताए ।

उनले पशुका सम्पुर्ण कार्यक्रमहरु स्थानिय तहमा आइसकेको तर प्राविधिक कुराहरु सहज नबनिसकेको भएपनि आर्थिक वर्ष बाट केहि सहज हुदै जाने बताउदै सरकारले किसानहरुलाइ सचेतना अभिबृद्धि कार्यक्रम अगाडी बढाएको बताए ।पशु विकाश अधिकृत शहदेव पौडेलले कृषकलाइ कार्यक्रमको उद्धेश्य बारे जानकारी गराउका थिए ।

 


कार्यक्रममा जिल्ला पशुसेवा स्वाथ्य प्रविधिक सुरेश कुमार श्रेष्ठले , पशुसेवा कार्यक्षेत्र बिवरण, पोखरालेखनाथ महानगरपालिकालको पशुसेवा निति,पशुपक्षि तथ्याकं, वार्षिक पशुजन्य उत्पादन बिवरण, ब्यावसायिक पशुपक्षि फार्महरुको बिवरण , पशुपंक्षी फार्महरुबाट आम्दानी बिवरण , महानगरपालिका पशुसेवा शाखाले गर्ने मुख्य कार्यहरु , महानगरपालिका पशुसेवा शाखाका रणनितिहरु ,आ.व २०७४र ७५ को बजेट, गाई भैसी ब्यावसाय प्रर्वद्धन कार्यक्रम , पशुपक्षिं बजार प्रर्वद्धन, र पशुसेवा कास्कीले आगामी वर्ष ७४, ७५ मा बिभीन्न कार्यक्रम मार्फत कृषक ब्यावसायि समुह समिति सहकारीहरलाइ १ करोड ७३ लाख ३९ हजार रुपैया अनुदान बितरण गरिने जस्ता कार्यक्रमको बारेमा उपस्थित सम्पुर्ण कृषकलाइ जानकारी गराएका थिए ।

पशु सेवा शाखा कास्कीका शाखा प्रमुख ठगेन्द्र प्रसाद अर्यालको अध्यक्षतामा संचालन सो कार्यक्रममा पोलेमनपा १६ २१ १३ २९ २७ २० २३ २६ २८ २५ २४ ११ ३३ ४ ७ ८ र संचारकर्मिहरु सहित ५७ जनाको उपस्थितिमा भएको थियो भने ४ वटा समुह वनाई महानगरको पशुपंक्षी पालन निती कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, पुस २९, २०७४     8:15:23 AM

Tara Chapagain

See all posts by