पुष्पान्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीले, प्रथम खुल्ला राष्ट्रिय लोकभजन प्रतियोगिता गर्ने

पुष्पान्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ‘‘टिकटमा भजन’’ अर्थात् ‘‘प्रथम खुल्ला राष्ट्रिय लोक भजन प्रतियोगिता २०७४ हुने आज पोखरामा पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाली समाज हरेक दृष्टिकोणले परिवर्तनको संघारमा रहेको तर नेपाली लोक भजनहरू अहिले लोपोन्मुख हुदै गएको अवस्थामा मौलिक संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको लायन्स क्लव अफ पोखराका सदस्य तथा कार्यक्रम संयोजक तुलसी प्रवासले जानकारी दिए । नेपालको संस्कृति लोप हुदै गएको र बाहिरी संस्कृति भित्रीदै गएको तर राज्यले पनि यसलाइ जोगाउन कुनै चासो नदेखाएको गुनासो गर्दै संस्कृति जोगाउने अभियानमा जुटेका बताए । उनले दर्ता भएका सम्पुर्ण समुहहरुलाइ माघ महिनाभरि बिभीन्न जिल्लमा छनोट गरि पोखरा प्रर्दशनी केन्द्रमा प्रतिशप्रर्धा गराइने जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लवअफ पोखरा भद्रकाली अध्यक्ष भरत कोइरालाले संस्कृति जोगाउने महत्वपुर्ण रहेकोले राष्ट्रिय लोकभजन प्रतियोगिताको आयोजना गरेको बताए । उनले खर्च कटाएर बाकी रकम समाजसेवामा खचिर्ने पनि बताए । स्याङजा जिल्लाका जिल्ला न्यायधिश रमेश अधिकारीले आफु रौतहटमा बस्दा संस्कृति जर्गेनाका लागी थुप्रै कार्य गरेको र स्याङजा आएपछि पनि संसकृति र्मोन दिन हुदैन र यसको संरक्षण गर्नु पर्छ भन्ने सोचले कार्यक्रको आयोजना गरीएको बताए ।

लोक तथा दोहोरी चर्चित गायक प्रजापति पराजुलीले संस्कृतिलाइ मर्न दिन नहुने धारणा राखे यस्को संरक्षण गर्न आफु लागी परेको बताउदै उनले ३२ जिल्लामा लोकभजनको समिति रहेको र सबैलाइ यस्मा समेट्न सकिने बताउदै लोकदोहोरी जस्तै यसको पनि नेटवर्क बनाउनु पर्ने जिकीर गरे । सित्तैमा सुन्ने, गाउने र नाच्ने परिपाटीलाई परिमार्जन गरेर केही निश्चित रकम तिरेर आध्यात्मिक सन्तुष्टि लिने र दिने गरी यस कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।

 

संस्कृतिको उचित मूल्य स्थापना गर्ने, संस्कृतिलाई व्यवसायिक बनाउने, गीत गाएर, नाचेर अनि बजाएर पनि जीवन चल्ने वातावरण सिर्जना गर्ने, आजको नयाँ पुस्तालाई हाम्रो संस्कृतिप्रति आकर्षित गर्ने , देशभरिका भिन्न भिन्न लय, भाका, भेषभुषा, लोकबाजा आदिको प्रदर्शन गराई हाम्रो भजन संस्कृतिको व्यापकताबारे जानकारी गराउने, सबै भजनहरूलाई अडियो, भिडियो र फोटोग्राफी गरी म्युजियमका रूपमा सङ्ग्रह गर्ने यस कार्यक्रमका उद्देश्यहरु रहेका छन् ।कार्यक्रम सम्पन्न गर्नका लागि करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जानकारी दिएको छ । आवश्यक सबै रकम सहयोगदाताहरुको सहयोगबाट, टिकट बिक्री र दर्ताशूल्कबाट पूर्ती गर्ने योजना रहेको बताउदै यसबाट वचत रकमलाइ खण्डमा कोष स्थापना गरी लोकसंस्कृतिको जगेर्ना र समाजसेवामा खर्च गर्ने लक्ष्य रहेको आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितासम्बन्धी थप जानकारी
प्रतियोगिता राष्ट्रव्यापी खुल्ला रूपमा हुनेछ, जसले पनि समूह बनाएर सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगितामा हाम्रा परम्परागत बाजाहरू प्रस्तुत हुनेछ्न् जस्तैः खैजडी, मुजुरा, मृदङ्ग, मादल, हार्र्मोे्नियम आदि ।
प्रतियोगी प्रस्तुतकर्ताले परम्परागत जातीय पोशाक लगाउनुपर्नेछ एउटा समूहले बढीमा २० मिनेटको समय पाउनेछन् ।
भजनको साथमा नृत्य र झाँकिहरू पनि प्रस्तुत हुनेछ्न् ।
बालक, युवा र महिलाहरूका समूह पनि सहभागी हुन सक्नेछ्न् ।
प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद रु ५००००, ३००००,२०००० र ३००० (५ समूहलाई) नगद पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।यस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने भजन समूहको एउटा भजन रेकर्डिङ गरिनेछ ।
समूह दर्ता यहि पौष मसान्तसम्म गरिसक्नु पर्नेछ । फोनबाट पनि दर्ता गर्न सकिनेछ ।
दर्ता भएका समूहहरुको माघ महिनाभरी विभिन्न जिल्लामा छनौट गरि उत्कृष्ट १५ समूहलाई अन्तिम अर्थात् फाइनल चरणमा २०७४ फाल्गुण १२ गते पोखरा प्रदर्शनी केन्द्र प्रतिस्पर्धा गराइने ।

पोखरा बाहिरका सहभागी समुहलाई आउने जाने बस भाडा र खाजाको व्यवस्था गरिनेछ ।दर्शकलाई रु १०००, ५००, २०० को टीकटको ब्यबस्था गरिनेछ । मूल्यांकन ५० प्रतिशत निर्णायकको निर्णय र ५० प्रतिशत दर्शक भोटका आधारमा गरिने । भोट टीकटको अर्धकट्टीद्वारा गराइने ।फाइनल चरणको दिन पृथ्वीचोकबाट प्रतिप्रर्धीहरूका भजन र झाँकी सहितको प्रभातफेरी न्यूरोड, चिप्लेढुङगा, महेन्द्र्पूल, नयाँबजार हुँदै पोखरा प्रदर्शनी केन्द्रमा पुगेपछि अन्तिम प्रतियोगिता सुरु हुनेछ । झाँकीलाई पनि मूल्यांकनको एउटा आधार बनाइने । आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, पुस २८, २०७४     8:06:58 PM

Tara Chapagain

See all posts by