४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

बागलुङ : छतबाट खसी घाईते

मिति २०७४।०९।२७। गते १३:१५ बजेको समयमा जिल्ला बागलुङ बागलुङ न.पा.२ आबरोड बस्ने वर्ष २ को प्रमिस सापकोटा आफ्नै घरको छतमा खेल्ने क्रममा छतको ३ तला माथिबाट तल खसि घाइते भई उपचारको लागि निजलाई धवलागिरि अञ्चल अस्पतालमा ल्याइएको छ ।

 नवलपरासी : बर्दघाट सुस्ता पुर्व महोत्सव उदघाटन कार्यक्रम

मिति २०७४।०९।२७ गते राति नवलपरासी  (बर्दघाट सुस्ता पुर्व) गैंडाकोट न.पा. २ नारायणि नदिको किनारमा उधोग बाणिज्य संघ गैंडाकोटको आयोजनामा दोस्रो गैंडाकोट महोत्सव उदघाटन कार्यक्रम अन्तर्गत  गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेल , उधोग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचनको नेतृत्वमा अन्दाजी ४००० जनाको संख्यामा नगरपालिकाको कार्यालयबाट बुद्दिजिवि ,विभिन्न  पार्टीका  कार्य कर्ताहरु , मानव अधिकारकर्मी , पत्रकार तथा सर्वसाधारणहरुको उपस्थितिमा बाजागाजा सहित झाकि र्यालि निकालि बजार परिक्रमा गरी महोत्सव स्थलमा पुगि सो महोत्सव उधोग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भवानि राणा ज्यूबाट उद्घाघाटन भएको छ । उक्त स्थानको शान्ती सुरक्षाको लागी प्रहरी टोलि खटि गएको छ ।

 तनहुँ :  एक वृद्धाको जलेर मृत्यु

मिति २०७४।९।२७ गते अन्दाजी ११:०० बजेको समयमा तनहुँ भिमाद न.पा.८ गणेश टोल बस्ने वर्ष ७३ की लिला कुमारी शाहिको बारिमा घुरान पोल्ने क्रममा आगो कपडामा सल्कि जलि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

स्याङजा  : बिषादि सेवन गरी घाईते

मिति २०७४।०९।२७ गते स्याङजा वालिङ नगरपालिका -८ भकुण्डे बस्ने दिपेन्द्र नेपालिको छोरा वर्ष ३ को विवेक नेपालीले आफ्नै घरको कोठामा राखेको झिगा मार्ने बिषादी सेवन गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ ल्याएकोमा थप उपचारको लागि १४:१५ बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर गरीएको छ ।

 कास्की : राँगाले हानी घाईते

मिति २०७४।०९।२७ गते अन्दाजी ०९:३० बजेको समयमा जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ११ स्थित सैमराङ बस्ने बिष्णु प्रसाद काफ्लेले पालेको राँगाले सोहि स्थानका ४९ वर्षिय भिम बहादुर काफ्लेलाई सिंगले हानी घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाईएको  छ । साथै उक्त रांगोलाई नियन्त्रणमा लिनको लागि प्रहरी टोली खटि गएकोमा प्रहरीद्धारा१ राउण्ड गोलि प्रहार गरी उक्त रांगोलाई मारीएको छ ।

स्याङजा : मालबहाक ट्याक्टर पल्टदा ३ जना घाईते

आज मिती २०७४।०९।२७ गते स्याङजा कालिगण्डकि गा.पा. ६ मिर्मि गल्याङ भित्री सडक खण्डको छाप स्थित ओरालो बाटोमा मिर्मिबाट जयपते तर्फ छड लिएर आउदै गरेको,लु २ त ९९७७ न.को ट्याक्टर अनियन्त्रित भई सडकबाट अ.२०० मिटर तल खस्न जादा ३ जना मानिसहरु घाईते भएका छन । घाईते हुनेहरुमा स्याङजा कालिगण्डकि गा.पा.५ बस्ने वर्ष २१  को यादव सुन्धौली, वर्ष २३ को होम वहादुर वि.क र उक्त गा.पा ६ बस्ने वर्ष ३९ को मिलन वि.क रहेका छन । घाईते भएका होम बहादुर र यादव भन्नेलाई पाल्पाको मिसन हस्पिटल उपचारको लागी पठाईएको छ भने मिलनलाई  स्थानिय मेडिकलमै पठाईएको छ ।

 

 

प्रकाशित मितिः बिहिबार, पुस २७, २०७४     5:37:27 PM

Tara Chapagain

See all posts by