चार्टट नाइट सम्पन्न

पोखरा, २५ पौष

लायन्स क्लव अफ पोखरा पिस टाउनको चौथो चार्टट नाइट सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नव निर्वाचित सासंद खगराज अधिकारीले कार्यक्रमका उद्घाटन गर्दै म कुनै पार्टिको मान्छे हुम्ला तर मलाई मेरो पार्टी भन्दा मेरो देश प्यारो छ भन्दै जुन देशमा महिला पुरुष को अधिकार बराबर हुन्छ, त्यस देशले विकास गरेको प्रशस्त उदाहरण रहेको बताएका छन । उनले नेपालमा पनि जहाँ महिलाहरुले हाकेका संघ सस्थाहरुले पुरुषले नेतृत्व गरेको सस्थाहरु भन्दा सफल रहेको भन्दै आफु सधै महिलाहरुको हक हितका लागि कुनै पनि सहयोग गर्ने तयार रहेको बताउदै आफ्नो भनाई राखेका थिए ।


कार्यक्रममा पूर्व गर्भनर धुव्र थापा, पूर्व मल्टिपल काउन्सिलर चिफ पर्सन दिपक श्रेष्ट, चिफ एडभाइजर विश्वेश्वर आर्चाय,संस्थापक अध्यक्ष नारायणी कोइराला तेसै गरि रिजन चियर पर्सन हरिराज पन्त, सचिब शोभा अधिकारी र दुर्गा अधिकारी लगाएतका बक्ताहरुले महिलाहरुले मात्र हाकेको क्लव अरु क्लव भन्दा उल्लेख्य सामाजिक कार्य गरेको बताएका छन ।

आफ्ना चुला चौका छोडेर हामिले पनि केही गर्नु पर्दछ भन्ने भावनाले लायन्स क्लवमा लागेर सामाजिक सेवामा सर्मपित भएको बताउदै समाजमा गरेको कामको प्रशंसा गरेका थिए । संस्थाका अध्यक्ष सिता कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उतकृष्ट कार्यहरु गरेको भन्दै विभिन्न ब्यक्तिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, पुस २५, २०७४     2:16:48 PM

Ganesh Pahari

See all posts by