किसान सुनार तिन वर्षको कार्यकालको लागि अध्यक्षमा चयन

पोखरा, २३ पुस । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको पाँचौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशले पुनः किसान सुनारलाई तिन वर्षको कार्यकालको लागि चयन गरेको छ ।

कास्कीको पर्यटकीय गाउँ धम्पुस ६ मा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा राम व. विक, द्धितिय उपाध्यक्ष रवि ब. विक, सचिव भरत बि.क. सह–सचिव मन ब. सुनार, कोषाध्यक्ष सुरेन्द्र विश्वकर्मा, सह–कोषाध्यक्ष डम्वर ब. वि.क. सदस्यहरुमा ईश्वर वि.क, नवराज सुनार, नारायण रसाईली र दिपेश सुनार निर्वाचित भएका छन् ।

अधिवेसनमा बोल्दै प्रमूख अतिथि जेष्ठ नागरीक खिम ब. सुनारले यस व्यवसायलाई प्रतिष्ठित बनाउदै गएकोमा खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७३र७४ को लेखापरिक्षणमा प्रतिवेदन प्रस्तुत गरी लेखापरिक्षणको नियूक्ति गरिएको थियो । सो कार्यक्रममा सफल व्यवसायी रुद्र ब. वि.क, पोखरा उधोग वाणिज्य संघ, महिला उद्यमी सदस्य कमला सुनार, जनप्रतिनिधि पर्वत महाशिला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा संघ का सदस्य राम व. सुनार साथै सदस्यहरुका छोरा–छोरी एस.ई.ई. तथा दश जोड दुई पास गर्ने विद्यार्थी गौरी सुनार, आश्मा वि.क। रोहीनी गहतराज, प्रवेश सुनार, एलिसा सुनार, खुशी वराईली लाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका द्धितिय उपाध्यक्ष रवि ब. वि.क ले स्वागत गरेका थिए भने सल्लाहकार रुद्र ब.वि.क, जनप्रतिनिधि राम ब. सुनार लगायतले बोलेका थिए भने सारेगम कला केन्द्र कलाकारहरुद्धारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमकाे संचालन सुशिल नेपालीले गरेका थिए ।

प्रकाशित मितिः सोमवार, पुस २४, २०७४     6:32:46 PM

Tara Chapagain

See all posts by