आठौ पोखरा महोत्सवलाई कास्कीका चार वटै सुरक्षा निकायले सहयोग गर्ने

पोखरा २१ पुस ।

आठौ संस्करणको पोखरा महोत्सवलाई कास्कीमा रहेका चार वटै सुरक्षा निकायले सहयोग गर्ने भएको छ । कास्कीमा रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंहचौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई सुरक्षा प्रवन्धमा सहयोग गर्ने भएको हो ।

आयोजक युनाइटेड क्लव संगको महोत्सवको सुरक्षा सम्बन्धी छलफलमा कास्कीका चार वटै सुरक्षा निकायले आ आफ्नो तरिकाले महोत्सवको सुरक्षा ब्यवस्थालाई चुस्त दुस्त बनाई भब्य र सभ्य बनाउनका लागी सहयोग गर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले वताए । अधिकारीले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागी आयोजना गरिदै आएकाले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी सम्पूर्ण कास्कीबासीको दायित्व समेत रहेको वताए ।
सो अवसरमा वोल्दै कास्कीका प्रहरी उपरिक्षक अशोक सिंहले महोत्सव स्थल भित्र कुनैपनि अप्रिय घटना घट्न नदिनका लागी कास्की प्रहरीले साथ दिने वताउदै प्रहरी संगै आयोजकको सहकार्यले महोत्सव सुरक्षित रुपमा सफल हुने वताए । त्यस्तै राष्ट्रिय अनुसन्धान आयोग कास्कीका अनुसन्धान निर्देशक एम पराजुलीले आफ्नो मातहतमा रहेको सादा पोसाकमा अनुगमन गरिने भएकाले महोत्सवमा कोही कसैले अप्रिय घटना घटाएको खण्डमा प्रहरीको दायराबाट भाग्न नसक्ने वताए ।

सो अवसरमा वोल्दै महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले महोत्सवलाई सफल बनाउनका लागी आयोजक र दर्शकको मात्र साथ नभएर मुख्य कुरा सुरक्षाको भएकाले महोत्सवको सुरक्षालाई चुस्त दुस्त बनाउनका लागी सुरक्षा निकाय संग मिलेर आफ्नो महोत्सवलाई भब्य र सभ्य बनाउन सवैलाई आग्रह गरे । त्यसैगरी महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले आठौ संस्करण सम्म आइपुग्दा पोखरा महोत्सवलाई सुरक्षा निकायको सहयोगले अप्रिय घटनाहरु नघटेको वताउदै आठौ पोखरा महोत्सवलाई सफल बनाउन सुरक्षा निकायको भुमिका उल्लेख्नीय रहने वताए ।

उक्त अवसरमा महोत्सव सुरक्षा ब्यवस्थापन उपसमिती संयोजक कृष्ण थापा मगर, विद्युतिय उपकरण उपसमिती संयोजक रावत गोम्जा लामा, चेकमेट सक्युरिटी प्रालिका इन्चार्ज सरोज गुरुङ, स्वयंसेवक परिचालन उपसमिती संयोजक शिव थापा लगायतले महोत्सवको सुरक्षा ब्यवस्थापनको बारेमा आ आफ्नो धारणा ब्यक्त गरेका थिएभने उक्त अवसरमा नेपाली सेना सिद्धिबक्स गण फुलबारी ब्यारेकका मेजर डिलबहादुर बस्नेत र शसस्त्र प्रहरी वल कालिका गणका शसस्त्र प्रहरी नायव उपरिक्षक गगन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः शनिबार, पुस २२, २०७४     7:02:19 AM

Tara Chapagain

See all posts by