विश्व बाल दिवसको अवसरमा चिअरिङ दि चाइल्ड राइट्स परियोजना शुरु

पोखरा  पौष २० ,

विश्व बाल दिवसको अवसर पारेर शुरु गरिएको आइएसए प्रोजेक्ट अन्तर्गत बाल प्रभात वोडिङ्घ स्कुलमा चिअरिङ दि चाइल्ड राइट्स परियोजना विभिन्न कार्यक्रम गरि मनाउदै आइरहेको कुरा छ । उक्त दिवसको अवसरमा यस विद्यालयका कक्षा १ र २ का बाल बलिकाहरुलाई रमाइलो खेलकुद तथा कक्षा ३ देखि ७ कक्षासम्मलाई बाल अधिकार सम्बन्धित समता मूलक चित्रकला प्रतियोगिता, कक्षा ८, ९ र १० “ बाल अधिकार” शिर्षकमा निबन्ध प्रतियोगिता गराइएको थियो ।

उक्त प्रतियोगितामा प्रथम र द्धितीय हुने विद्यार्थीहरुलाई यसै विद्यालयका प्राचार्य र सह(प्राचार्यद्धारा पुरस्कार वितरण गरियो । उक्त प्रतियोगितालाई भव्य र सभ्यरुपमा सफल पार्नको लागि सम्पुर्ण शिक्षक, शिक्षिकाहरुको सक्रिय भुमिका रहेको थियो ।
साथै बाल दिवसमा बाल अधिकार सम्वन्धि प्रावधानहरुलाई बाल बालिका शिक्षक तथा अभिभावक समक्ष पु¥याई सचेतना बढाउदै परियोजना मार्फत विद्यालयका सवै विद्यार्थीहरुले सहभागिता जनाउने गरि कक्षागत एक्टिभिटी क्याप गर्ने कुरा बताइएको थियो ।
जसअन्र्तगत नर्सरी देखि कक्षा १० सम्मका सवै विद्यार्थीले सहकार्य कसरी गर्ने, टिम ओर्क रिभ विल्डिङ्घ, एक अर्कोमा आदान प्रदान गदै नेतृत्व विकास र व्यतिmत्व विकास गर्न यस्ता क्रियाकलापले सहयोग गर्न बताए । बाल अधिकार सम्बन्धित सचेतनाको लागि विद्यालयमा सवैले देख्ने गरि नेपालको संविधान तथा संयुक्त राष्ट्र संघ प्रतिपादित बाल विकास संरक्षण सम्बन्धि प्रावधानहरु सचेतनाको लागि विद्यालयमा प्रर्दिशत गर्ने गरिएको जनाएको छ ।

स्मरणिय छ यो परियोजना बाल प्रभात स्कूलको व्रिटिश काउन्सिल आइएसए यात्रा २०१७÷१८ को कार्यक्रम अन्र्तरगत भईरहेको छ । यसै विचमा बाल प्रभात वोडिङ्घ स्कूलको कक्षा ५ का विद्यार्थीले मितेरी (स्याटेलाइट) विद्यालय पोखरा १८ को अवलोकन भ्रमण साथै अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा दुवै विद्यालयका विद्यार्थी विच परिचात्मक कार्यक्रम, बाल अधिकार सम्बधित अन्तरक्रिया प्रतिभा प्रदर्शन तथा संगसगै बसेर खाजा खाई बाल अधिकार अनूभुति गरिएको कुरा बताइएको छ । यसै सन्दर्भमा प्रभात आधारभुत विद्यालयले बाल प्रभातका विद्यार्थीहरुलाई विद्यालयको ३५ औ वार्षिक उत्सवमा मैत्रीपूर्ण फुटबल खेलको लागि निमन्त्रण गरिएको र प्रभातका विद्यार्थी र शिक्षक शिक्षिकालाई बाल प्रभातमा आउन निम्तो दिइएको कुरा विद्यार्थी प्रतिनिधि अनग्मा श्रेष्ठले बताए ।

प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     6:15:07 AM

Tara Chapagain

See all posts by