मंगोल नेश्नल अर्गनाइजेसन को प्रथम कास्की जिल्ला अधिवेशन सम्पन्न, कास्की प्रदेश सभामा रियाज गुरुङ

गिता राना मगर, पोखरा १९ पुस । मंगोल नेश्नल अर्गनाइजेसन ःल्इ को २९ औ स्थापना दिवसको अवसर पारी प्रथम कास्की जिल्ला अधिवेशन सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजित प्रथम कास्की जिल्ला अधिवेशनलाई मंगोल नेश्नल अर्गनाइजेशन ःल्इ का केन्द्रीय कार्यबाहक प्रेसिडेन्ट बुद्धलाल मेचेले सम्बोधन गरे । मेचेले सभालाई सम्बोधन गर्दै मंगोलको देशैभरी लहर छाएको वताए । मंगोलको लहर देशैभरी छाएकाले अव मंगोलको अभियानलाई कोही कसैले रोक्न नसक्ने वताउदै नेपालका कम्युनिष्ट भनाउदाहरुले केहीदिन भ्रम छरेर मंगोलको अभियानलाई तुहाउने कोसिस गरेको भएतापनि त्यो कोसिस फेल खाने वताए ।

अधिवेशन मूल आयोजक समितिका संयोजक प्रेम छिरी शेर्पा ‘दिक्पाल मंगोल’ को सभाअध्यक्षमा सम्पन्न कार्यक्रममा मंगोल नेश्नल ःल्इ का केन्द्रीय सह सचिव सन्तोष तामाङ, केन्द्रीय प्रबक्ता थम्मन वहादुर बुढामगर, केन्द्रीय सदस्य तथा प्रदेश ५ संयोजक कल्पना थापा मगर, केन्द्रीय सदस्य श्याम लिम्बु, केन्द्रीय सदस्य तथा प्रदेश ६ संयोजक वर्णवास दर्लामी, पाल्पा जिल्ला अध्यक्ष जय वहादुर सारु र झापा जिल्ला अध्यक्ष रुद्र वहादुर राई लगायतले मन्तब्य राखेका थिए । सो अवसरमा अथितिहरु बरिस्ठ केन्द्रीय सदस्यहरु, केन्द्रीय सदस्यहरु, प्रदेश संयोजकहरु, सम्पुर्ण जिल्ला अध्यक्ष र झाकी निर्णायक मण्डलहरुको संयोजक पूर्ण वहादुर राना मगर, प्रोफेसर डा. गेहेन्द्र मान उदास र आयोजक सभाबाट ज्ञान राज गुरुङ ज्यूको सहभागीता रहेको थियो ।

प्रथम कास्की जिल्ला अधिबेशनबाट रियाज गुरुङको अध्यक्षतामा २५ सदस्यीय कास्की जिल्ला सभा गठन भएको छ । अधिवेशनपूर्व पोखराको अमरसिंह चोकको मैदानमा भेलाभै शुरु भएको मोटरसाइकल र्याली रामबजार, लखन थापा चोक, बिरौटा चोक हुदै पोले महानगर परिक्रमा गरि मानव अधिकार चोकमा भेला भएको थियो । त्यसैगरी विभिन्न मंगोल समुदायहरुको मौलिक भेषभूषा सहित झाकी र बाजागाजा गर्दै र्याली न्युरोड, सभागृह चोक हुदै रंगशालामा दशौ हजारको बिशाल आम सभाको रुपमा परिणत भएको थियो ।
कार्यक्रममा बिभिन्न मंगोल समुदायहरुको परम्परागत मौलिक झाकी प्रतियोगिता राखिएको थियो । जसमा देशै भरिबाट प्रतियोगीहरुको सहभागीता रहेको थियो। उक्त प्रतियोगीतामा रोल्पा जिल्ला सभाबाट मयुर नाच प्रथम, नवलपुर जिल्ला सभाबाट थारु समुदयको लठ्ठी नाच दिर्तीय र तनहुँ जिल्ला जिल्ला सभाबाट लोकल कौड नाच तृतीय भएका थिए । विजेताहरुले क्रमशः २०, १५ र १० हजार नगद पुरुस्कार सहित मायाको चिनो र प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, पुस १९, २०७४     7:18:42 PM

Tara Chapagain

See all posts by