जिप दुर्घटनामा चालकको मृत्यु

अन्डा बोकेर नारयणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ४ च ४४४१ नम्बरको जिप बुधबार विहान ६. ३० बजे पृथ्विराजमार्ग स्थित म्याग्दे गाउँपालिका–१ मा तल्लो गुणादीमा दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ ।

तिब्र गतिमा रहेको उक्त जिप अनियन्त्रित भई सडकबाट तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनामा परि जिपका चालक चितवन जिल्ला रत्ननगर नपा ९ घर भएका २१ बर्षिय प्रविन तिमिल्सेनाको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, पुस १९, २०७४     7:02:00 PM

Tara Chapagain

See all posts by