पोखरामा राखेप च्याम्पियनसिप राष्ट्रिय ह्याण्डवल प्रतियोगिता सुरु उद्घाटन खेलमा पश्चिमाञ्चलको बिजयी सुरुवात

 

पोखरा १९, पुष

पोखरामा आज (बुधबार) देखि राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा भएको १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ ।

पश्चिमाञ्चलले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई २२ का बिरुद्ध ३० गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमै एपिएफका गोल रक्षक राम बाबु यादयले रातो कार्ड पाए पछि मैदानबाट बाहिरिएका थिए ।

पुरुष तर्फको अन्य खेलमा नेपाल आर्मीले दुई खेलमै जित हासिल गरेको छ भने मध्यमाञ्चलले एक खेलमा जित हासिल गरेको छ । बुधबार भएको पहिलो खेलमा आर्मीले सुदुर पश्चिमाञ्चललाई ३८–१२ को फराकिलो गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा मध्यमाञ्चलले मध्य पश्चिमाञ्चललाई १४ को बिरुद्ध २६ गोल अन्तरले पन्छायो । चौथो खेलमा आर्मीले सुदुर पश्चिमाञ्चललाई ७ को बिरुद्ध २८ गोलको बिशाल अन्तरले पराजित गर्यो ।

नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना पोखरामा बुधबार देखि सुरु भएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पहिलो दिनको खेलमा एपिएफ, पश्चिमाञ्चल, आर्मीले जित हासिल गरेका छन भने बुधबारको अन्तिम खेलमा मध्यमाञ्चल र सुदुर पश्चिमाञ्चलले ३–३ गोलमा खेल बराबरीमा टुंगाएका हुन। एपिएफले सुदुर पश्चिमाञ्चललाई ४३–३ को बिशाल गोल अन्तरले पराजित गरेको हो। दोश्रो खेलमा मश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई २१–३ को फराकिलो गोल अन्तरले पराजित गर्यो । तेश्रो खेलमा विभागिय टोली आर्मीले पुर्वाञ्चललाई २१–३ को फराकिलो गोल अन्तरले पराजित गर्यो । विहिबार पनि लिग चरणका खेलहरु हुने भएको कास्की जिल्ला ह्याण्डबल संघका बरिष्ठ उपाध्यक्ष चित्र थापाले बताए । प्रबेश निशुल्क रहेको उक्त प्रतियोगिता भलिवल प्रशिक्षण केन्द्रको परिसरमा पुरुष तर्फ र रंगशालाको पुर्वपट्टिको भागमा महिला तर्फको खेल संचालन भएको छ ।

हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन हुने उक्त प्रतियोगितामा सशस्त्र प्रहरी वलको एपिएफ र नेपाली सेनाको दुई बिभागिय सहित पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७÷७ टिमको सहभागिता रहेको छ । यही पुष २२ गतेसम्म पोखरामा संचालन हुने प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्वपुर्ण रहेको बताइन्छ। प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई वल्र्ड भिजन मोवाईल प्रदान गरिने भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका हुन । कार्यक्रममा बोल्दै उनले पोखराको खेलकुद पर्यटन विकासको लागि महानगरपालिकाले गुरु योजना बनाउने तयारी गरेको बताए । उनले भने “ पोखरा लेखनाथ महानगरपालिका पोखराको खेलकुद र पर्यटनको विकास गर्न चाहान्छ, हामीले ३३ वटै वडामा विभिन्न खेल पर्यटनको विकास गराउन चाहान्छौं, यसका लागि हामीले आगामी केहि महिनामा खेलकुदको गुरु योजना ल्याउदै छौं ।” खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरी स्वस्थ्यताको लागि घर घरमा खेलकुदको बारेमा सचेतना गराउने उनले बताए । नोपल ह्याण्डवल संघका अध्यक्ष तथा ओलम्पिक कमिटिका सदस्य तेज गुरुङले नेपालमा ह्याण्डवल खेलको धेरै सम्भावना रहेको बताए । साग खेलमा नेपालको सेमिफाईनलको स्थान रहेकोले यसको विकास गर्न सके पदकको आशा हुने उनले विश्वास व्यक्त गरे ।

कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । उद्घाटन सत्रमा माउण्ट अन्नपुर्ण माविका बिद्यार्थीहरुले स्वागतार्थ सांस्कृतिक कार्यक्रम समेत प्रस्तुतः गरेको कास्की जिल्ला बिद्यालय ह्याण्डबल संघका सचिव खिम बहादुर गुरुङले बताए ।

प्रकाशित मितिः बुधबार, पुस १९, २०७४     6:56:14 PM

Tara Chapagain

See all posts by