महिन्द्राको डिजेल सुप्रो काग्रो भ्यान पोखरामा

सबैको आवाज, पुष १८

तारा चापागाइ
काठमाडौ र बिश्वकर्मा अटो मार्ट पोखराको सहकार्यमा महिन्द्रा कम्पनी लिमीटेडको उत्पादन सुमो कार्गो भ्यान दुगड ब्रर्दश एण्ड सन्स पोखरामा एक कार्यक्रम बिच औपचारिक सार्वजनिक गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका उत्पादनहरु मध्ये सुमो कार्गो भ्यान नेपालकै पहिलो डिजेल भ्यान भएको कम्पनीका बिजनेस प्रमुृख बद्रि भट्टराईले बताए । एक टन सम्मको तौल ओसारपसार गर्ने सबै ब्यवसायीहरुको आवश्यकतालाइ ध्यानमा राखेर डिजेल भ्यानको डिजाइन गरिएको उनले बताए ।

भ्यानको प्रमुख बिशेषता भनेको अत्याधिक माइलेज रहेको एक लिटर डिजेलबाट २० कि.मी गुड्ने , डिआइ इन्जिन, क्लोज बडी , १३ सय ३० लिटर भोल्युम क्षमता रहेको नेपाल बजार प्रमुख दविन्दर महोत्रा ले जानकारी दिए । उनले यो प्रोडक्ट राम्रो भएकोले इन्डियमै फेसन ब्राण्डको रुपमा रहेको बताए । यसमा कुनै समस्या नभएकाले बिश्वसनिय ,लोकप्रिय बनेको  पनि बताए ।

१३ लाख ५० हजार मुल्य पर्ने भ्यानमा पोखराबाट बिक्री शुभारम्भ गरिएको अवसरमा रु ५० हजार नगद छुटको ब्यवस्था गरिएको अटो मार्ट प्रोपाइटर सरोज श्रेष्ठले जानकारी दिए । बिक्री पछिका सेवा सर्भिस, पार्टस,वारेन्टि सहज रुपमा उपलब्ध हुने बताउदै बिश्वकर्मा अटो मार्ट बाटै ५,६ वटा भ्यान बुकिङ भै सकेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, पुस १९, २०७४     4:22:52 PM

Tara Chapagain

See all posts by