पोखरा जेसिज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापन

पोखरा, १८ पुस ।

पोखरा जेसीज र पोखरा लेडी जेसिजका सन् २०१८ का कार्यकारिणी समितिका पदाधिकारीको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
सोमवार पोखरामा आयोजित एक कार्यक्रममा पोखरा जेसीज र पोखरा लेडिज जेसीजका सन् २०१७ का अध्यक्षहरू शिवप्रसाद कोइराला र शकुन्तला कोइराला भुसालले २०१८ का अध्यक्षहरू क्रमशः शिव सुवेदी र सन्तु पौडेललाई सपथ गराउनुका साथै पदभार हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।सन् २०१८ का अध्यक्षद्वय सुवेदी र पौडेलले कार्यकारिणी समितिका पदाधिकारीलाई सपथ गराए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालले युवाहरूलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउनु बर्तमानको आवश्यकता भएको बताउदै युवाहरूलाई जिम्मेवार बनाउँदै उनीहरूमा उद्यमशिलताको विकास गराउनु आवश्यक रहेकोमा उनले जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले युवाहरूमा सामाजिक भावनाको विकास गराउँदै उनीहरूको व्यक्तित्व विकास जस्ता विविध पक्षलाई अघि बढाउन जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए

उक्त अवसरमा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुका साथै एकल महिलाका हक तथा अधिकारलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै समाजसेवी प्रमिला तझ्यालाई सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष गोविन्दप्रसाद देवकोटा, पुर्व अध्यक्ष सुवास सिग्देल, संगीता पौडेल, पवित्रा थापा मगर लगायतले सामाजिक क्षेत्रमा जेसिजले निर्वाह गर्दै आएको भूमिका लगायतका विषयमा आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा २०१८ का अध्यक्षहरू क्रमशः शिव सुवेदी र सन्तु पौडेलले आफ्नो कार्यकालमा गरिने कार्यहरुको बिवरण पेश गर्दै आफनो भनाई राखेका थिए । १८ देखि ४० बर्ष उमेर समुहका मात्र सदस्य रहने सो संस्थामा ४० बर्ष कटेका पुर्व अध्यक्ष तथा सदस्यहरुलाई अवकास पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४     8:06:25 PM

Tara Chapagain

See all posts by