छोराकै पक्षमा डा. साहेब

यतिबेला‘लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौं कोही पनि नछुटौं’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रको तत्कालीन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका ३ राजनीतिक कार्यकर्ता दिदीबहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिला माथि हुने हिंसाको रुपमा लिएर महिलावादीहरुले तिनै ३ दिदिबहिनी पेटिया, मिनर्भा र मारियाको सम्झनामा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन सुरु गरेको हो ।

हरेक वर्ष जस्तै नोभेम्बर २५ देखि डिसेम्बर १०सम्म चल्ने यो अभियानले महिलाले अब हिंसा सहनु हुँदैन भन्ने केही मात्रामा चेतनाको विकास भएको पाइन्छ । महिला अधिकारका लागि १ सय ७आंै नारी दिवस पनि हामीले मनाइ सकेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट महिलाका स्वतन्त्रता र समानताको आवाज उठीरहेका छन् ।

हामी पनिविभिन्न कार्यक्रमहरु गर्दै महिला दिवस मनाइरहेका छौं । र विभिन्न कार्यक्रमहरुमा महिलाको हक र अधिकारका विषयमा पुरुषहरुको मुखबाट पनि सुन्न पाइरहेका हुन्छौं । अनि हामीमा एउटा आशा पलाएर आउछ कि अब, पक्कै समानता पाइन्छ । तर अफसोच ! नारी दिवसको अर्को दिन म एउटा कार्यक्रममा पुग्छु,हिजो मात्रै नारी अधिकारका पक्षमा लिएका नाराहरु मेरो कानमा गुञ्जिरहेका हुन्छन्, म आफूभित्रै रमाइरहेको हुन्छु, अब हामीले अधिकार समानता पाउने छौ, पक्कै पनि लैंिगक हिंसा अन्त्य हुँदैछ।

म सञ्चारकर्मी भएकोले बोलाइएको कार्यक्रममा पुग्छु । जहाँ पुरुषहरुको बाक्लो उपस्थिती हुन्छ।जहाँ थुप्रै डा. पुरुष तथा केही डा.महिला, नर्स तथा थुप्रै बुद्धिजीवीहरुको समूह नै हुन्छ । कार्यक्रममा एउटा प्रसंगमा मनतव्य राख्ने क्रममा डा. जस्तो एउटा जिम्मेवार र शिक्षित व्यक्तिको मुखबाट उखानसुन्न पुग्छु, ढिलै होस्, छोरानै होस्। जब त्यो उखानका शब्दहरु मेरो कानमा पर्छ,कता–कता विभेदको खाडलमा परेको महसुस गर्छु ।म लगायत अन्यलाईपनि त्यो शब्द मन पर्दैन ।

तब सुनसान हलमा केही हल्ला हुन्छ, जबकी त्यो हल्ला अरु केही नभइ डा.साहेवको मुखबाट निस्किएको त्यो उखानको विरोधमा हुन्छ । सायद उनलाई पनि गलत बोले भन्ने महसुस हुँदो हो र त उसको अनुहारमा छर्लङ देखिने गरी घुमिरहेको हुन्छ । छोराछोरीमा विभेद गर्न पाइंदैन् वा हुँदैन, भनेर सिकाउनुपर्ने एउटा जिम्मेवारव्यक्ति जस्ले समाजमा सेवाको भावना लिएर मृत्युको मुखमा पुगेकोलाईजीवनदान प्रदान गर्ने, समाजले भगवानको रुपमा हेर्ने एउटा विश्वासको धरोहर व्यक्ति जस्ले समाज परिवर्तन गर्न सक्छन् उसको मुखबाट निस्किएको शब्दले मेरो मन खिन्न हुन्छ । म कल्पना गर्छु एउटा डा.जस्तो शिक्षित व्यक्ति यसरी बोल्छन्भने अरु साधारण÷अशिक्षित जनतामा हामी कसरी समानताको सन्देश पु¥याउन सक्छौ ? कहिले हुन्छ परिवर्तन ? छोरा र छोरीमा हुने विभेद कहिले हट्ने ? मानिसको सोचमा कसरी परिवर्तन ल्याउने ? जतिसुकै परिवर्तनका कुरा गरेपनि वास्तविक परिवर्तन कहिले ?महिला एउटा जननी हो ।

जस्ले सृष्टिको निर्माण गरेको हुन्छ । फेरि म सोच्न बाध्य हुन्छु, आखिर डा.पनि यही समाजमा जन्मिएका हुन् ।उनको घरमा पनि छोरा जन्मिएको खुसियाली मनाइएको थियो होला। आखिर छोराछोरी माथिको विभेद गर्ने समाजमा नै त हुर्किए उनी।उनको घरमा पनि छोरीलाई विभेद गर्थे होलान् ?थाहा छैन ! उनी आफैं ति पुराना उखान टुक्काबाट बाहिर परिवर्तनको संसारमा आउन चाहेनन् वा समानतालाई अगाल्न तयार भएनन् । तर, उनको मुखबाट निस्किएकोे छोरी जन्माउने थुर्पै आमालाई त्यो शब्दले छुनेछ ।

भन्ने गरिन्छ, जुन परिवारमा महिला शिक्षित हुन्छन् त्यो परिवार नै शिक्षित हुन्छ । हरेक महिलालाई लक्ष्मी, दुर्गा, सरस्वती वा सृष्टिदाता जननीको रुपमा हेर्न यो समाजमा किन विभेद छ ।महिला सशक्क्तभए परिवारसँगै राष्ट्र सशक्क्त बन्नेछ । कतिपयले भन्छन्, ‘महिलालाइ प्रकृतिले ठगेको छ,’कमजोर बनाएको छ, तर वास्तवमा भन्ने हो भने महिलालाईप्रकृतिले,सृष्टिले ठगेको होइन महिलालाईहेर्न दृष्टिले ठगेको हो । प्रकृतिले त झनै बलवान बनाइदिएको छ । एउटा आमा बन्ने शक्ति, बच्चालाईस्तनपान गराउने सौभाग्य केवल महिलामा मात्रै छ ।

राज्यले महिलालाई ३३ प्रतिशतको हक अधिकार दिए पनि केवल कानुनमा मात्रै सीमित भएको छ । महिला केवल दासी हुन्। बच्चा जन्माउने मेसिन हुन् ठान्ने हाम्रो समाज केवल छोरालाई सन्तानको रुपमा हेर्नेर छोरीलाई सन्तानको संज्ञा नदिने सोंच अझै हट्न सकेको छैन । महिला जब छोरी भएर जन्मिन्छे समाजले उसलाई म छोरी हुँ भन्ने साेंचका साथ हुर्कन बाध्य बनाउँछ । जब ऊ कसैकोश्रीमती, बुहारी, भाउजु लगायतका सबै सम्बन्धबाट भिड्दै एउटा आमा बन्न पुग्छे तबसम्म पनि आफ्नो इच्छा अनुरुप निर्णय लिने अधिकार छैन् ।

पितृसत्तात्मकबाट जकडिएको समाज घरपरिवार र श्रीमान्को चाहना अनुरुप सन्तान जन्माउनु पर्ने हुन्छ ।महिला स्वतन्त्रता वा लैंिगक समानताको मुद्दा उठे पनि लैंिगक विभेदको कारण महिलाहरू आजसम्म पनि हिंसा र दूव्र्यवहार भोग्न बाध्य भइ रहेका छन् । हिंसाका रुपहरु फरक छन् । पछिल्लो समयमा छाउपडी, बोक्सीको आरोपमा कुटपिट गरी मानसिक यातना दिँदै मलमूत्र खुवाइनेसम्मका घटनाहरु बाहिरीएका छन् । तराईमा दाइजोको कारणले कतिपय महिलालाई जल्नुपरेको छ, यातना सहन नसकेर आत्महत्या गर्नुपरेको छ । हरेक दिन बलात्कारका घटनामा वृद्धि भइरहेको छ ।

आफ्नै बाबु–हजुरबुवा, नातेदारबाट बलात्कृत हुनु, प्रेमीबाट बलात्कृत हुनु, कामबाट फर्कदा बीचबाटोमा सामूहिक बलात्कारको सिकार बन्नु र ज्यान गुमाउनुपर्नेसम्मको अवस्था आउने गरेका छन् ।हरेक बिहानीमा ताजा खबरहरु बोकेर आउने पत्रपत्रिकाले हिंसाका घटनाहरु बोकेरै आएका हुन्छन् । जतिसुकै अधिकारका नारा लगाएपनि पितृसत्तात्मक सोंचबाट जकडिएको हाम्रो समाजमा महिलाको अवस्था सन्तोष जनक छैन।

लैंिगक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको२६ वर्ष भइसक्यो । यो १६ दिने अभियान महिलाहिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने गरिन्छ । नेपालमा भने, नेपाल सरकारको वैधानिक कानुन २००४ सालदेखि नेपालको संविधान २०७२ सम्मका संविधानले व्यक्तिको मौलिक हकलाई कानुनीपूर्ण समानतालाई स्वीकार गर्दै कानुनको समान संरक्षकको हकदार बनाइ, धर्म, लिंग, वर्ण र जातजातिको आधारमा कुनै किसिमको भेदभाव नगरिने गरी लैंिगक समानताको आधारभूत चरित्रलाई सुव्यवस्थित र विशेष व्यवस्था गरी सारभूत समानता र सकारात्मक विवेद गर्न सकिने गरी संरक्षण गरेको छ । हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत अधिकार दिने कानुनमा उल्लेख छ ।

तर पनि देशमा पितृसत्तात्मक व्यवस्थाका कारण सदियांैदेखिको लैंिगक विभेदको सिकार यथावत नै छ ।सहरी क्षेत्रमा केही परिवर्तन आएपनि ग्रामिण क्षेत्रमा अझै पनि परिवर्तन आउन सकेको छैन । महिला भएकै कारणले गरिने शारीरिक, मानसिक, सामाजिक, आर्थिक, राजनीतिक,सांस्कृतिक, यौनजन्य हिंसा तथा राज्यद्धारा गरिने हिंसा माथिको हिंसा अझै पनि विद्यमान छ । महिलाहरु सामान्य परिवर्तनको छित्काबाट सन्तोष लिइरहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४     11:00:00 AM

Tara Chapagain

See all posts by